नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति एमाले कार्यकर्ता भएको खुलासा !

काठमाडौँ, नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक व्यक्ति एमाले कार्यकर्ता रहेको खुलासा भएको छ । प्रहरीले नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ गरेका सन्तोष मल्ल ‘विश्वकर्मा’ एमाले कार्यकर्ता रहेको खुलासा भएको खबर आर्थिक सराकारमा प्रकाशित छ ।

पक्राउ परेका उनले मार्च १३ २०१७ मा फेसबुकमा पोष्ट गरेको फोटोबाट यस्तो खुलासा भएको हो । बुटवल ११ नवदिपपथ स्थीत अर्फन हेल्पिङहेन्ड हेन्ड नामको कार्यालय तथा निजको डेरा खानतलासी लिने क्रममा नक्कली नोट तथा मेसिन सहित प्रक्राउ परेका उनले एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले अबिर लगाएको तस्बीरहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

उनले एमाले संचालन गरेको मेची महाकाली अभियानमा योगदान दिएको भन्दै उनलाई विष्णु पौडेलले सम्मान गरेका थिए । सन्तोष मल्ल सन्तोष नामको एकाउन्टबाट सेयर भएको उक्त तस्विरमा पूर्वअर्थमन्त्रीले उनलाई टिका लगाइदिएका छन् । नक्कली नेपाली नोट छाप्ने रुपन्देहीको कञ्चन गाउँपालिका ६ घर भइ बुटवल उपमहानगरपालिका ११ बुद्धनगर बस्ने २१ वर्षीय सन्तोष मल्ल पक्राउ परेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।