भारतीय सरकारलाई झुकाएरै आफ्नो हक अधिकार लिने भन्दै दार्जीलिङमा रहेका नेपाली भाषीले खाए यस्तो कसम ! (भिडियो सहित)
भारत पश्चिम बंगालका विभिन्न स्थानमा चर्किएको भाषा आन्दोलन अझ सशक्त बनाउन गोर्खा जनमुक्ति मोर्चाले ‘गोर्खाल्यान्ड’ लाई एकमात्र लक्ष्य बनाउने चेतावनी दिएको छ। मोर्चाको शनिबार साँझ दार्जलिङमा सम्पन्न केन्द्रीय समिति बैठकले आमहडतालबाहेक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले गोर्खाल्यान्डको मागलाई केन्द्रमा राखेर त्यसका निम्ति अघि बढ्ने निर्णय गरेको छ। यसका लागि प्रत्येक बिहीबार र शुक्रबार स्थानीय नागरिक सडकमा ओर्लेर गोर्खाल्यान्डको आवाज उठाउने मोर्चाका महासचिव रोशन गिरीले जानकारी दिए। ‘अब हामीले वान पोइन्ट अजेन्डा नै गोर्खाल्यान्ड बनाएका छौं,’ बैठक सकिएलगत्तै नागरिक संवाददातासँग उनले भने, ‘भाषामार्फत हामीलाई राज्य सरकारले निकै दबाउन खोज्यो, अब हाम्रो मुख्य माग नै गोर्खाल्यान्ड हुनेछ।’ आन्दोलनका कार्यक्रम पनि गोर्खाल्यान्डकै लागि केन्द्रित गर्ने निर्णय मोर्चाले गरेको उनले जानकारी दिए।


