मन्त्रीका लागि कांग्रेसमा भाँडभैलो, प्रचण्डलाई हराउने ‘राजन केसी अब सञ्चार मन्त्री’ !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव हराउने व्यक्ति हुन् राजन केसी । नेपाली कांग्रेसकाठमाडौं क्षेत्र नम्बर १० का सांसद केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने तयारी भएको छ । स्रोतका अनुसार उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिनेगरी नेताहरुले लविङ थालेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनको समयमा केसीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पराजजित गरेपछि उनी चर्चामा आएका थिए । संसदको लेखा समितिको सदस्य समेत रहेका केसीले समितिमा महत्वपूर्ण भूमिका निभाइरहेका छन् । कांग्रेस भित्रको आन्तरिक राजनीतिमा समेत केसीको राम्रै पहुँच छ । ‘उहाँले प्रजातान्त्रिक आन्दोलनमा खेल्नु भएको भूमिका त सबैलाई थाहा छ नै । उहाँको व्यक्तिगत क्षेमताको आधारमा पनि सञ्चार मन्त्रालयमा ल्याउने गरी पार्टीले तयारी गरिरहेको छ,’ कांग्रेस एक कार्यसमिति सदस्यले दियोपोस्टसँग भने,‘सञ्चार मन्त्रालयको जिम्मेवारी महेश आचार्यलाई दिनेकी राजन केसीलाई दिने भन्ने विषयमा छलफल जारी छ ।’

स्रोतका अनुसार देउवाले दोस्रो चरणको मन्त्रिमण्डल विस्तारको क्रममा उनीहरुलाई सपथ खुवाउने छन् ।

मन्त्री बन्ने भाँडभैलो
नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा बनेको देउवा नेतृत्वको सरकारमा कांग्रेसको भागमा ११ वटा मन्त्रालय छ । ११ मध्ये कांग्रेसले प्रधानमन्त्री सहित चारवटा मन्त्रालय सम्हालिसकेको छ । कांग्रेसको भागमा आएको अन्य ७ मन्त्रालयमा नेताहरुबीच निकै ठूलो रस्साकस्सी छ । कांग्रेसको भागमा परेको सुचना तथा सञ्चार मन्त्रालयको लागी तीन नेताहरुको निकै ठूलो लडाई नै छ । नेताहरु महेश आचार्य, राजन केसी र बलबहादुर केसीले सञ्चार मन्त्रालयको दाबी गरेका छन् ।

विभिन्न समयमा विवादमा तानिएका केसीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन नहुने पक्षमा सभापति छन् । तर, बरिष्ठ नेता रामचन्द्र पौडेलले भने केसीलाई मन्त्री बनाउनै पर्ने अडान राखेका छन् ।

सभापति देउवाले काठमान्डुको जनमतलाई कदर गर्नका लागि भएपनि राजन केसीलाई सञ्चार मन्त्री बनाउन भनेका छन् । तर, महेश आचार्यको दाबी भने छ नै । आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर केसीलाई सञ्चारमा ल्याउँदा ‘पोलिटिकल ब्यालेन्स’ हुने पक्षमा देउवा छन् ।

पहिलो चरणको मन्त्रिमण्डल विस्तारको क्रममा उपप्रधान सहित परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, उपप्रधान तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छदार, उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, श्रम तथा रोजगार मन्त्रीमा फरमुल्लाह मंसुर र विना विभागीय मन्त्रीमा प्रभु शाहले सपथ खाएका थिए । – दियोपोष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।