अब फेरी चुनाव सार्ने तारतम्य मिलाउँदै प्रधानमन्त्री देउवा

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति पाँचौं पटक सार्ने तयारीमा जुटेका छन् । चक्रपथमा समाचार छ – राजपालाई चुनावमा ल्याउने बाहनामा चार पटक चुनाव मिति सारिसकेको सरकारले पाँचौं पटक पनि असार १४ गतेका लागि तोकिएको चुनाब मिति सार्ने गृहकार्य अघि बढाएको हो ।

शनिवार प्रधानमन्त्री देउवाले सिंहदरवारमा बोलाएको माओवादी र राजपाका नेताहरु समेतको बैठकमा चुनाव मिति सार्न कांग्रेस माओवादीले अस्वीकार गरेको खवर बाहिर ल्याइएको थियो । तर शनिवार दिउसो सिंहदरवारमा भएको त्यही बैठकमै देउवाले २ नम्बर प्रदेशको चुनाव सार्न सकिने भन्दै राजपाका नेताहरुलाई आश्वस्त पारेका थिए ।

देउवाले आफ्नो भनाईमा विश्वस्त हुन आग्रह गर्दै त्यसका लागि प्रदेश २ मा कांग्रेसले उम्मेदवार नै तय नगर्नेसम्म वताए । देउवाले राजपाका नेताहरुलाई प्रदेश २ को चुनाव तेस्रो चरणमा गर्न सकिने वताएपछि राजपाका नेताहरुले प्रदेश ५ मा पनि चुनाव स्थगित गर्न माग गरेका थिए ।

प्रधानमन्त्री देउवासँग यही विषयमा समझदारी भएपछि आइतबार विराटनगर पुगेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणका लागि सार्न सकिने अभिब्यक्ति दिएका थिए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले २ नं प्रदेशको चुनाव सार्न सकिने वताएका थिए ।

यता प्रधानमन्त्री देउवाले भने चुनाव सार्ने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क गर्न खोजिरहेका छन् । आइतबार बिहानै देखि ओलीलाई भेट्ने समय मागेका देउवालाई ओलीले आफ्नो कार्यब्यस्तता देखाएको स्रोतले वताएको छ । ओली आइतबार बिहानै नेपालगंज र दाङको चुनावी कार्यक्रमका लागि तराई गएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।