मधेशी जनताबाटै राजपा बहिस्कार, मधेशबाट राजपा नेता लखेट्ने

काठमाडौं । स्थानीय तह निर्वाचन बिरुद्ध राजपाले मसाल जूलुस देखि आमहड्तालसम्मका कार्यक्रमहरु ल्याएपछि मधेशी जनता आक्रोशित भएकाछन् ।

उनिहरुले अब राजपालाइ बहिश्कार गर्नेसम्मका चेतावनी दिएकाछन् । स्वार्थको राजनीति गरेर आफूहरुलाइ प्रतिनिधि चुन्ने अधिकारबाट बञ्चित गराउन खोजिएको भन्दै मधेशी नेताहरुलाइ गाँउ नपस्न चेतावनी समेत दिएकाछन् ।

सिरहाका अभिषेक देबले निर्वाचनको तयारीमा आफूहरु लागेको अवस्थामा माथि बसेर हड्ताल गरेकाले त्यो आफूहरुले नमान्ने बताए ।आफूहरु निर्वाचनमा सहभागि हुने भन्दै राजपा छाडेर भएपनि आफूहरु अब नयाँ पार्टीमा गएर आफ्नो अधिकार प्रयोग गर्ने उनको भनाइ छ ।

राजपा नेताहरुलाइ चुनाव बिथोल्न मधेश पसे अब सुरक्षाकर्मीहरुलेमात्र नभएर कार्यकर्ताहरुले नै लखेट्ने अवस्था आउने देखिएको सप्तरीका एक पत्रकारले बताएकाछन् ।

उनका अनुसार सुरक्षा ब्यवस्था कडा र चुनाव बिथोल्न कुनै हालतमा नदिने रणनीति प्रशासनको रहेको र स्थानीयहरु चुनावमा उत्साहित भएकाले आफूखुसि आन्दोलन गर्ने नेताहरु संकटमा पर्ने देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।