पक्राउ पर्ने डरले महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा

काठमाडौं । अर्बौँ घोटाला गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि घोटालामा संलग्न तत्कालीन मन्त्री डा. रामशरण महत र उनले काम लगाएका कर फर्छ्यौछ आयोगका अध्यक्ष बेपत्ता भएका छन् । अख्तियारले हिरासतमा लिएका शर्माबाट पोल खुल्न सक्ने डरमा पूर्वमन्त्री महत र उनका निकट व्यक्ति लुमध्वज महत बेपत्ता भएका हुन् । दुवै महत पक्राउ पर्न सक्ने डरले विदेश भागेको बुझिएको छ ।

हिरासतमा रहेका शर्माको प्रारम्भिक वयानमा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना भएको देखिएको छ । शर्माले उपलब्ध गराएका ८७ वटा फाइलबाट मात्रै यति धेरै घोटाला भएको देखिएको हो । आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा मात्रै अध्ययन गर्दा यस्तो भेटिएको हो । अनुसन्धानका क्रममा अन्य धेरै फाइल अध्ययन गर्न बाँकी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ । यो राज्य कोषमा देखिनु पर्ने तर, नदेखिएको रकम हो । र, यसलाई नै शंकाको घेरामा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

शर्माले गरेको घोटालाको प्रकृति हालसम्मकै नौलो प्रकारको रहेको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् । धेरै प्राविधिक जटिलताभित्र भ्रष्ट्राचार भएको देखिएको उनले बताए ।

यसैबीच अख्तियारले कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई पनि आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै आइतबार पत्र काटिएको हो । तर महतका परिवारले उनी विरामी भएर विदेशमा रहेको जनाएका छन् ।
हिरासतमा रहेका शर्मा भने विरामी भएको नाटक गरिरहेका छन् । उनले बारम्बार अस्पताल जान भन्ने गरेको र दिनमा तीनपटकसम्म अस्पताल पुर्याइएको अख्तियारका एक अधिकारीले जानकारी दिएका छन् ।

वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो ।

एउटा व्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीले जम्मा ४ करोड रुपैयाँ मात्रै असुलेर बाँकी रकम मिनाहा गरेको अनुसन्धानका क्रममा फेला परेको छ ।

स्मरणीय के छ भने पूर्वअर्थमन्त्री रामशरण महतले मन्त्री हुँदा विभिन्न विदेशी पत्रिकालाई प्रभावमा पारेर उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्राप्त गरेका थिए । -नेपाल देस बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖