भारतको कोहबरवामा जन्मेका राजेन्द्र महतोले थापाको सहयोगमा यसरी लिएका थिए नेपाली नागरिकता

काठमाडौं । भारतको सितामडी जिल्लामा कोहबरवा भन्ने गाउ छ। त्यहि गाउमा ६० बर्ष पहिले जन्मिएको त्यहाको नागरिक यतिबेला नेपालमा आतंक मचाउनमै ब्यस्त छ। त्यहि ठाउमा अहिले सम्म घर र प्रसस्त जमिन भएका राजेन्द्र महतो नेपाली भूमीमा रहेको सम्पती लाइ पनि भारतीय बनाउन दिनरात होमिइ रहेका छन्।

नेपाल-भारत सीमा बाट १५ किमीको दुरीमा रहेको कोहरवा गाउमा भएको महतोको घर जग्गा उनका काका छोराहरुको जिम्मामा छ,कुत उठाउन र हेरचाह गर्न महतोले आफ्ना निजी सचिब समेत रहेका उपेन्द्रलाई त्यहाँ बारम्बार पठाउने गरेका छन्।

महतोका पिता खोभारी २१ साल असोजम व्यापार गर्ने शिलशिलामा नेपाल प्रवेश गरे। सर्लाहीको बयलबासमा धान चामलको व्यापार थियो उनको।भारतमा व्यापार तेजिलो नभए पछि नेपाल चिरेका राजेन्द्रका बाबुले मनग्गे कमाए । भारतमा जमिन जोडे,सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएरै बस्न थाले । बाबु संगै नेपाल आएका राजेन्द्र आफ्ना २ दाजु भाई संगै नेपालमै बाबुको ब्यापारमा सहयोग गर्थे ।

नागेश्वर मेहता र दौलातिया देबिकी छोरी शैलकुमारी संग बिबाह गरेका महतोको ससुराली भारतकै मारिया गाउमा हो,जुन गाउ उनको जन्मथलो नजिकै गाउ पनि हो । अहिले श्रीमती लाई साम्सद बनाएका महतो २०४७ सालसम्म कवाडी संचालक र बिमानस्थलमा सानोतिनो ठेकेदारी गरेर बस्थे। पैसाले सबै चिज किन्न सकिन्छ भन्ने बुझेका महतोले सुरुमा आफ्नो नेपाली नागरिकता बनाए र बाबुको बनाई दिए । भाई र दाजुको नेपाली नागरिकता पनि यी छट्टु महतोकै पहलमा बनेको यिनलाई नजिक बाट चिन्ने वकिल बताउछन ।

महतोको पुरानो नागरिकताको प्रतिलिपी फेला परेको बताउने एक मधेशी नेताका अनुसार राजेन्द्रले २०२८ साल पुसमा सर्लाही बाट नेपाली नागरिकता हत्याएका हुन् । तत्कालीन जिविस सभापति अमर बहादुर थापाले महतोलाई नागरिकता दिलाउन भूमिका खेलेका थिए, हाम्रो ईकोनोमीमा खबर छ । द्वन्दका बेला कागजात नष्ट भएको प्रचार गरे पनि महतोको नागरिकताको अभिलेख मधेश आन्दोलनका बेला उनकै निर्देशनमा जलाएर नस्ट परिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।