आन्दोलनकारीहरुद्वारा निर्वाचन अधिकृतलाई लखेटेर झोलाको निर्वाचन समाग्री जलाइयो

बर्दिबास, असार २ । आन्दोलनकारीहरुले झोला चेकजाँच गर्दै महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री खोसेर शुक्रबार दिउँसो जलाएका छन्।

पिपराबाट जलेश्वर तफै आउदै अधिकृत लुइटेलललाई सडकमा बसेर आन्दोलन गरिरहेका राजपाका कार्यकर्ताले पिपरा र जलेश्वरको बीचको फर्कौली भन्ने ठाउँमा निर्वाचन समाग्री जलाएका हुन्।

निर्वाचन आचारसंहिता, नियमावली र निर्वाचन निर्देशिका, निर्वाचन पुस्तिका तथा निर्वाचन सामग्रीहरु राजपाका कार्यकर्ताले खासेर जलाएका छन्। ‘पिपराबाट जलेश्वर आउदै थिए। प्रकौली चोकमा आन्दोलनकारीहरुले रोकेर मैले बोकेको झोला खानतलाशी गरेर निर्वाचन सामग्री निकाले,’ निर्वाचन अधिकृत लुइटेलले भन्नुभयो,‘ सहयोगी खोजेर म पिपराबाट जलेश्वर मोटरसाईकलमा आइरेको थिए।

आन्दोलनकारीले निर्वाचन सम्बन्धी समाग्री पनि खोस्यो। र सहयोगीलाई जलेश्वर जान नदिएर पिपरा तिर पठाइदिए। पर्कौलीबाट म हिडेर जलेश्वर तिर आए।’ ज ९प ५९०५ मोटरसाइकलमा निर्वाचन अधिकृत जलेश्वर तिर आइरहेका थिए।

यता राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्माले निर्वाचन अधिकृतको निर्वाचन सम्बन्धि सामग्रीहरु खोसेर जलाएको स्वीकार गरेका छन्। उहाँले भन्नुभयो,‘निर्वाचन विथोल्ने हाम्रो उद्दे श्य अनुरुप नै निर्वाचन अधिकृतको सामग्री खोसेर जलाएका हौं।’ – अन्नपूर्णपोष्टबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।