‘देउवा भैंसी बलात्कारी भन्ने र रेणु दाहाललाई अश्लील गाली गर्ने’ एमाले कार्यकर्ता फन्दामा

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार नेतृ रेणु दाहाललाई सार्वजनिकरुपमा अश्लील गाली गर्ने एमाले कार्यकर्तालाई कार्वाही गर्न आवाज उठेको छ ।

एमाले कार्यकर्ता एस बी बोहरा अर्थात् सन्तोष बोहराले फेसबुकमार्फत रेणु दाहाललाई ‘भारतीय वेश्या’ भन्दै गाली गरेपछि सामाजिक सञ्जालमा बोहरालाई गाली बेइज्जती ऐन अन्तर्गत कार्वाही गर्नुपर्ने कतिपयले बताएका छन् ।

राजनीतिक एजेण्डा रित्तिएपछि गालीको सहारा लिएको भन्दै यसअघि पनि रेणु दाहालमाथि गरिएका टिप्पणीहरुको प्रतिवाद भएको थियो ।
आफूलाई एमाले भन्ने बोहराको अभिव्यक्तिमाथि कडा आलोचना भएपछि समेत निज बोहराले थप पोष्ट सार्वजनिक गर्दै रेणु दाहाललाई ‘यौनयुद्द” गरेको समेत भनेका छन् ।

रेणु मात्रै होइन, यी बोहराले प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत ‘सानो छँदा भैंसी बलात्कार गर्ने” भन्दै टिप्पणी गरेका छन् ।

“सिके राउत र राजेन्द्र महत्व भन्दा सेर देउबा र प्रचन्ड डाका बाट यो देशलाई खतरा छ । यिनिहरुलाई लात दिएर नेपालबाट खेदाउनुपर्छ ।” भन्दै अर्को पोष्ट गरेका बोहराले आफ्नो कभर तस्वीरमा भने एमालेको सूर्य चिन्हमा मतदान गर्न आव्हानगरिएको पोष्टर राखेका छन् । यसबाट उनी एमाले कार्यकर्ता भएको पुष्टि हुन्छ । उनले आफू दिपायल सिलगढी मा बसोबास गर्ने सूचना फेसबुकमा राखेका छन् ।

बोहराले चरित्र हत्या हुने किसिमका अभिव्यक्ति निरन्तर सार्वजनिक गर्न थालेपछि प्रहरी मूक दर्शक बनेर बस्न नहुने टिप्पणी उनको पोष्टमा र अन्य फेसबुक समूहमा पनि भएको देखिन्छ ।

कानुन अनुसार कार्वाही हुने– गृह प्रवक्ता

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रमाथि यसरी टिप्पणी गर्नेलाई कानुन अनुसार कार्वाही हुने गृह मन्त्रालयले जनाएको छ ।

नेपालको कानुनले गाली बेइज्जती गर्न नपाउने र साइबर कानुनमा पनि कुनै व्यक्तिको चरित्र हत्या गर्ने मनशायले यस प्रकारका सामग्री प्रकाशन या प्रसारण गर्न नपाउने भएकोले कानुको उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाही हुने गृह प्रवक्ता दिपक काफ्लेले एभरेष्टदैनिकलाई बताए ।

यो विषयमा जानकारी नभएपनि सामाजिक सञ्जालमा विषयले व्यापकता पाएपछि कानुन बमोजिम कार्वाही हुने उनको भनाई थियो ।

काफ्लेले उजुरी आएमा या उजुरी नआएको अवस्थामा समेत प्रहरीले कार्वाही गर्न सक्ने बताउँदै यसबारेमा थप छानबीन गरी कार्वाही प्रक्रिया अघि बढाउने बताए ।

हेरौ एसबी बोहराका केही फेसबुक पोष्टहरु
https://www.facebook.com/santosh.bohara2

– नेपालपानाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।