फरार सूचीमा रहेका रेशम चौधरीलाई देउवा सरकारले दियो १ करोड ७४ लाख राहत

धनगढी। थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन।

यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन्। मन्त्रिपरिषदले बिशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन ।

यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन । रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए ।

नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए । उनको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन् । उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरमा पिडितलाई वोलाएर शुक्रवार राहात बितरण गरिएको हो । ८८ जना पीडित मध्य ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए । वाँकी शनिवार बितरण गरिने उनको भनाई छ । ‘२१ महिनापछि हामी राहात बितरण गर्न सफल भएका छौं’उनले भने,‘सवैको सहयोगले संम्भव भएको हो ।’

८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । शुक्रबारदेखि टीकापुरमा क्षतिपूर्ति वितरण गर्न थालिएको हो । ‘७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’उनले भने,‘मन्त्रिपरिषदले विषेश निर्णय गरेर यती ठूलो रकम राहात उपलब्ध गराइएको हो ।’ सवैलाई एकाउण्ट पे चेक उपलब्ध गराइएको उनले बताए ।

थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो ।

कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहट पक्षले प्रशासनद्वारा निशेधित एरिया टिकापुरमा प्रवेश गर्न रोक लगाउन खटिएका सुरक्षाकर्मीलाई भाला र घरेलु हतियार प्रयोग गरि हत्या गरिएको थियो ।

सरकारले घटनामा मारिएकालाई सहिद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिएको थियो ।

त्यसको दोश्रो दिन भदौ ८ गते कफ्र्यु लगाएका वेला आक्रोशित महिला सहितको एक समूहले आगजनी र तोडफोड गरेको थियो । आगजनी र तोडफोडको घटनालाई महत्व नदिएको भन्दै थारु पक्षधरले बिरोध गर्दै आएका थिए। – नागरिक न्युजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।