बनाइसक्दा भत्किने यो कस्तो कालोपत्रे ? यस्तो छ बजेट सिद्ध्याउने खेल… (भिडियो सहित)

कञ्चनपुर, असार ३ । आर्थिक वर्ष सकिन लागेपछि विकास निर्माणका लागि छुट्याइएको बजेट जसरी पनि सक्नुपर्छ भन्ने मानसिकता पुरानै हो । जसका कारण अधिकांश विकास निर्माणका काम गुणस्तरहीन हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बनेको छ, कञ्चनपुरको भिमदत्तनगर नगरपालिकाको सडक कालोपत्रे काम ।

भीमदत्त नगरपालिका–१२ ऐरी/ओदाली सडकको काम बन्दा बन्दै भत्किएको र गुणस्तरहीन भएको भन्दै सो गाउँका स्थानीयले बिरोध गरेका छन् । सडक कालोपत्रे गरेको २ हप्ता नपुग्दै ठाउँ ठाउँमा भत्किने, खाल्डो पर्ने भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । कालोपत्र गर्ने जिम्मा पाएका निकायको लापर्वाहीका कारण कालोपत्रे हुन लागेको सडक भत्किन थालेपछि स्थानीयले गुणस्तरीय सडक बनाउन माग गरेका छन् ।

भत्किएको सडकको विभिन्न भागमा टालटुल गरेर मर्मत गरिएको छ । सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत निर्माण पक्षवाट बेवास्ता गरिएको आरोप स्थानीयको छ । स्थानीयले कालोपत्रे गुणस्तरहीन भईरहेको भन्दै केही दिन अघि निर्माण कार्य गर्न समेत रोकेका थिए । तर निर्माण पक्षले अब उप्रान्त ईस्टिमेट अनुसार नै काम गर्ने प्रतिवद्धता गरेपछि पुनः निर्माण कार्य थालिएको थियो । तर निर्माण पक्षले फेरी पनि गुणस्तरहीन सामाग्री प्रयोग गर्न थालेपछि स्थानीय आक्रोसित भएका हुन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर खगेन्द्र शाही सडक निर्माणको काम गुणस्तरीय नभएको भन्दै गुणस्तरीय काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउँछन् । कुल ४३ लाख, ५४ हजारमा टेण्डर आब्हान भएकोमा झण्डै आधा २२ लाखमा रश्मी विल्डर्सले निर्माणको जिम्मा पाएको थियो ।

उता निर्माणको ठेक्का पाएको रश्मी विल्डर्सका संचालक शक्ति पन्तले काम गुणस्तरीय भएको दावी गरेकी छन् । काम भइरहेका बेला लगातार सवारी साधन चलेका कारण समस्या भएको उनको भनाइ छ । स्थानीयले आफ्नो गाउँको सडक गुणस्तरीय भरपर्दो हुनुपर्ने माग अघि सारेका छन् ।

यसरी सार्वजनिक निर्माण कार्यहरुमा सरकारी बजेट वालुवामा पानी नहोस भन्नका लागी सम्वन्धित निकायले अनुगमन र नियमन गर्नु जरुरी छ । हेर्नुहोस् ईमेजखबरको यो भिडियो रिपोर्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।