नेकपा एमाले धरानका उपसचिव धनप्रसाद राईको मर्निङवाक गर्दागर्दै निधन
नेकपा (एमाले) धरानका उपसचिव धनप्रसाद राईको ‘मर्निङवाक गर्दागर्दै शनिबार बिहान मृत्यु भएको छ ।

धरान १८ का पूर्ववडाध्यक्ष समेत रहेका ५५ वर्षीय राई मर्निङवाक निस्केका बेला घर नजिकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्वार नजिकै बिहान चार बजे ढलेको अवस्थामा फेला परेका थिए । जिल्ला खेलकुद विकास समिति सुनसरी अध्यक्ष समेत रहेका राई सुगर र प्रेसरका बिरामी थिए । केही वर्ष कोरियामा वैदेशिक रोजगारी गरेर फर्केका राई पछिल्लो समयमा स्थानीय तहको चुनाव लागेपछि राई पार्टीको काममा व्यस्त थिए ।
बाटोमा ढलेको केहीबेरपछि स्थानीय बासिन्दाले देखेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याइ तापनि चिकित्सकले मृत घोषणा गरेको थियो । उनको एक श्रीमती र दुई छोरी छन् ।
शनिबार नै राईको अन्तिम संस्कार गरिने भएको छ । धरान १७को रेल्वे चौकस्थित एमाले पार्टी कार्यालय प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिने एमालेले जनाएको छ ।
राई जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष पनि थिए !
– कान्तिपुरबाट
– फोटो -दीपेन्द्र कार्कीको फेसबुकबाट


