समाचारको कारण बिहे भाँडेको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ

डडेल्धुरा, असार ३ । पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चलनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ का सम्पादक भण्डारीलाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले सम्पादक भण्डारीलाई भीमदत्त नगरपालिका १८ कटानस्थित दैनिक मानसखण्डको कार्यालयबाट पक्राउ गरेको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक भीम बहादुर दाहालले जानकारी दिए। भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन्।

प्रहरी नायव उपरीक्षक दाहालले पत्रिकामा छापिएका समाचारको विषयमा उजुरी परेको र त्यसैको अनुसन्धानको शिलशिलामा खण्डारीलाई पक्राउ गरिएको जानकारी दिए।

डीएसपी दाहालका अनुसार केही दिनअघि पत्रिकाले सार्वजनिक अपमान हुने गरी दुई युवतीका बारेमा समाचार लेखेको र उक्त समाचारले आफूहरूको समाजिक जीवनमा असर परेको भन्दै एक युवतीका अभिभावकले प्रहरीमा उजुरी गरेका छन्। उजुरीमा इज्जत जाने किसिमले समाचार आएको, सामाजिक अवहेलना भएकोले क्षतिपूर्ति समेत माग गरिएको छ।

उजुरीका पत्रिकामा छापिएको समचारका कारण एक युवतीको बिहेसमेत भाँडिएको आरोप लगाइएको छ। भण्डारी सम्पादक रहेको दैनिक मानसखण्डले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा प्रहरीले अपहरण शैलीमा महेन्द्रनगरको बसपार्कमा होटल व्यावसाय गर्दै आएका दुई युवतीलाई नियन्त्रणमा लिएको समाचार छापेको थियो।

थाहा खबरमा छापिएको छ – मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएका हुन्।

केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा २ उपदफा ८ (ञ) अनुसार उजुरी दर्ता भएको हो। ‘समाचारका कारण मेरी छोरीको इन्गेजमेन्ट रोकियो भनेर उजुरी छ’, दाहालले भने, ‘हामी के भएको हो बुझ्दै छौँ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।