भारतमा घर-घरमा पुगेर रङ् लगाउँथे, ठेक्का लिन्थे, अहिले नेपालको संविधान च्यात्ने नेपालका नाइके बनेका छन् राजेन्द्र महतो !

भारत सोन वर्षाका घरमा रङ् लगाउने राजेन्द्र महतो नेपाल पसेको २५ वर्ष भयो । घर-घरमा पुगेर रङ् लगाउँथे, ठेक्का लिन्थे । अहिले नेपालको संविधान च्यात्ने र मधेस प्रदेशका नाममा दुई राष्ट्रका नाइके बनेका छन् ।

मुम्बईमा भएको सन २०१४ को निर्वाचनमा बिमला मतदान गर्न जाँदा पक्राउ परिन् । उनलाई नाम, थर, कहाँबाट आएको भनेर सोधियो । उनले सिधै नेपाली हुँ, अब म यही बस्छु भन्दा प्रहरीले मतदान गर्न दिएन, जेल हालिदियो । अहिले पनि बिमला मुम्बईको जेलमा छिन् ।

भारत सोन वर्षाबाट आएका राजेन्द्र महतो आफूलाई नेपाली नागरिक हुँ भन्छन्, बिखण्डनको बिउ छर्दैछन् । नेपालको संविधानमा आगो लगाउने हैसियतमा पुगेका छन् । उनी कतिपल्ट मन्त्री भए, उनको सम्पत्ति मधेसदेखि काठमाडौंसम्म कति छ कति ?

कसैले सोधखोज नै गर्दैनन् । कानुन अरुलाई लाग्छ, सम्पत्ति शुद्धिकरण अरुले गर्नुपर्छ, २५ वर्षमा घरमा रङ लगाएर पेट पाल्ने व्यक्ति आज अरवपति छ, कसरी अरव कमायो, सोध्ने साहस कसैमा छैन ।

अब समय आयो, यस्ता दुईधारे तरवारहरुलाई ठिक पार्ने । कसैलाई जेल हाल्नुपर्छ भने राजेन्द्र महतोजस्ता भारतीय जो नेपालमा अचाक्ली गरिरहेका छन्, निर्वाचन हुन दिदैनन्, सिके राउत र महन्थ ठाकुरसँग मिलेर मधेस देश बनाउन लागिपरेका छन् यस्ता नेपाल विरोधीहरुलाई ठिक पार्न नसक्नु राज्यको कमजोरी हो ।

यस्तो कमजारीले देउवाले कसरी शासन गर्छन् ? यो लोकतन्त्र विदेशीतन्त्र भएर गयो कि गएन ? विश्लेषकहरु भन्छन्– यही ताल हो भने अब नेपाल फिजीभन्दा तल्लो स्तरमा छिटै परिणत हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।