घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड गरिरहे राजपा मधेसका जनताबाट लखेटिन्छन् : महत

धनकुटा खबर, असार ५ । आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड गरिरहे राष्ट्रिय जनता पार्टी जनताबाट आफैं तिरस्कृत हुने पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले चेतावनी दिएका छन् ।

प्रेस यूनियनले सोमबार धनकुटामा गरेको पत्रकार सममेलनमा नेता महतले राजपाले मधेसका जनतालाई मतदान गर्ने अधिकारबाट बन्चित गरेको भन्दै यस्तो बताएका हुन् ।

‘प्रजातन्त्रमा सबैको चित्त बुझाउन सकिंदैन’,उनले भने,सारिएको मितिमा पनि राजपा निर्वाचनमा सहभागी नभए उनीहरु मधेसी जनताबाटै तिरस्कृत हुनेछन् ।’

राजपाले आफ्नो पकड क्षेत्र दाबी गर्दै आएका स्थानमा राजपाका स्थानीय नेताहरुले असार १४ को निर्वाचनको लागि उत्साहपूर्वक स्वतन्त्र उम्मेदवारी दर्ता गराउँनु त्यसैको उदाहरण भएको उनको दावी थियो ।

आन्दोलनरत राष्ट्रिय जनतापार्टी (राजपा) लाई स्थानीयतहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन उनको आग्रह थियो ।

राजपालाई चुनावमा सहभागी गराउँनै पटक–पटक निर्वाचन मिति सारिएको भन्दै उहाँले अनन्तकालसम्म सरकार त्यसैका पछि कुद्न नसक्ने पनि स्पष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।