पूर्व-पश्चिम राजमार्गमा गम्भीर दुर्घटना, एकको मृत्यु, एक घाइते

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजका निर्देशक एवं वरिष्ठ सर्जन डा. एम. किदवाइका छोरा अमन किदवाइको सवारी दुर्घटनामा मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अगैया कुशुमखण्डका राप्ती–सोनारी गाउँपालिका–१ गाभरमा भएको दुर्घनामा अमनको मृत्यु भएको हो। अन्नपूर्णपोष्टमा खबर छ – दुर्घटनामा उनका दाजु मेडिकल कलेजका फिजिसियन डा. असिम किदवाई र मेडिकल कलेजकै सर्जन विमर्ष अधिकारी गम्भीर घाइते भएका छन्।

साँझ ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ च ५९४७ नम्बरको किदवाइ दाजुभाइ चढेको कार र ना ५ ख ९१८१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

ट्रक र कार एकअर्कालाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। मेकिडल कलेजमा कार्यरत अमनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिनु भएको छ।

उहाँले डा. असिम र अधिकारी गम्भीर घाइते भएकोले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो। दुर्घटनामा परेको कार क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।