दार्जीलिङको आन्दोलनप्रति ग्रेटर नेपालको ऐक्यवद्धता, भारतीय दूतावास घेराऊ (भिडियो सहित)

काठमाडौं, ५ असार । ग्रेटर नेपालले भारतको दार्जिलिङमा पछिल्लो सातादेखि चर्र्किएको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । कक्षा ९ सम्म बांग्ला भाषालाई अनिवार्य गर्ने सरकारी निर्णयको विरुद्धमा सुरु भएको भाषिक आन्दोलन उत्कर्षमा पुगेका वेला भइरहेको सरकारी दमनको विरोध र गोर्खाल्याण्डको मागप्रति ग्रेटर नेपालले ऐक्यवद्धता जनाएको हो । उसले सोमबार काठमाडौंस्थित भारतीय दूतावास घेराउ गरेको छ । यसअघि निकालिएको र्याली शहरका विभिन्न स्थानको परिक्रममा गरी दूतावास पुगेको थियो । तर, प्रहरीले उनीहरुलाई दूतावाससम्म जाने दिएन । दार्जिलिङका नेपाली भाषी भारतीयहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उक्त आन्दोलनमा भएको सरकारी दमनविरुद्ध दूतावास घेराउ गरिएको ग्रेटर नेपालका प्रमुख फडिन्द्र नेपालले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।