“दार्जलिङ नेपालको अभिन्न अंग हो, गोर्खा नहुने हो भने २४ घण्टामा भारत २४ टुक्रा हुन्छ”

काठमाडौं, ६ असार । विशाल नेपालका अभियन्ता तथा राष्ट्रवादी मोर्चाका अध्यक्ष एवं प्राध्यापक फणिन्द्र नेपालले गोर्खा सेना भारतमा नभए भारत २४ घण्टाभित्र २४ टुक्रा हुने चेतावनी दिएका छन् । भारतले हडपेका दार्जलिङ, सिक्किम मात्र नेपालको नभई काँगडादेखि भुटान बङ्गलादेशसम्म छोएको भूभाग नेपाल भएको हो भन्दै भारतीय दूतावास अगाडि प्राध्यापक नेपालले आइतबार उत्तेजक भाषण गरेका हुन् ।

भारतीय दूतावासकै अगाडि उनले भने,‘दार्जलिङ नेपालको अभिन्न अंग हो किनकी सुगौली सन्धि खारेज भइसकेको छ । दार्जलिङलाई मात्र होइन, सुगौली सन्धिबाट गुमेको नेपालको महाकालीपारी सतलज, कुमाउ, गडवाल, देहरादुन, नैनताल, सिम्ला, मेचीपारिको दार्जलिङ, सिक्किम, मिरिक, खर्साङ, कालिङपुङ, सिलगुडी यि सम्पूर्ण भाग नेपालको हो ।’ विधिवत रुपमा नेपालको हो तर नेपालका शासकले झण्डा फराउने आँट मात्र गर्न नसकेको उनले बताए । नेपालमा नामर्दहरुको शासन रहेको भन्दै उनले भने,‘यो संसद नपुंसकहरुको संसद हो ।

यहाँ केटी पनि केटी जस्तो छैन, केटा पनि केटा जस्तो छैन, यो तेस्रो लिङगीहरुको संसद हो । आफ्नो देशको सिमाना, भूभाग, माटो र घरलाई आफ्नो भन्न नसक्ने ? यो कस्तो संसद हो ?’ ‘नेपाली भाषीहरुलाई भुटानबाट लेखेटे जस्तै गरी दार्जलिङबाट पनि लखेट्न प्रारम्भ भएको छ । जुन मुलुक २५० बर्ष बेलायतको उपनिवेशविरुद्ध लड्यो । त्यो मुलुकले आज हामीलाई उपनिवेश बनाउन खोज्ने ? उनले भने‘हाम्रा विर गोर्खा सैनिकले काश्मिरमा रगत बगाएका छन् । नेपालीमाथि नै भारतले गोली बर्षाउने ?’

‘शेरबहादुर, प्रचण्ड र केपी ओलीको नशामा पानी बग्छ । तर हाम्रा नशा–नशामा रगत बग्छ । नशा–नशामा रगत बग्ने नेपाली अझै जिवित छन् । नेपाली मर्दा, मारिदा, नेपाली चेली बलात्कार हुँदा, सीमा मिचिदा नबोल्ने यिनीहरुको राष्ट्रवाद कस्तो हो ?’–प्राध्यापक नेपालले प्रश्न तेस्र्याए । उनले भने,‘सवैको साथ पाउने हो भने पाँच बर्षभित्र ग्रेटर नेपालको सपना पुरा हुन्छ, दार्जलिङ हाम्रो हुन्छ । दार्जलिङलाई मात्र होइन, सुगौली सन्धिबाट गुमेको नेपालको महाकालीपारी सतलज, कुमाउ, गडवाल, देहरादुन, नैनताल, सिम्ला, मेचीपारिको दार्जलिङ, सिक्किम, मिरिक, खर्साङ, कालिङपुङ, सिलगुडी हाम्रो हुन्छ । टिस्टा भन्दा ७० किलोमिटर टाढा नगरकोट भन्ने ठाउँ छ, त्यहाँसम्म नेपाल हुन्छ ।’ त्यसपछि नेपाल भारतको मात्र छिमेकी नभई भुटान, असाम र बंङलादेशको समेत छिमेकी बन्न सक्ने उनले खुलसा गरे ।

आन्दोलनरत दार्जलिङवासीलाई सम्वोधन गर्दै उनले भने,‘दार्जलिङको श्यामकुमार राई नेपालको प्रधानमन्त्री हुन सक्छ, दावाछिरिङ शेर्पा नेपालको प्रधानसेनापति बन्न सक्छ, तेजबीर मुखिया वा कुनै व्यक्ति नेपाल प्रहरीको डाइरेक्टर जनरल (डिजी) बन्न सक्छ । मुलुकको मुख्य–मुख्य ठाउँमा दार्जलिङवासी पुग्न सक्छन् । अहिले के दार्जलिङवासी पश्चिमबंगाल सरकारमा छन् ? केन्द्रिय सरकारमा छन् ? तर नेपालमा भारतीय आप्रावासी पनि मन्त्री छन् । तीन सय बर्षदेखि दार्जलिङ बसोवास गर्ने नेपाली कुल्ली मात्र हुने ? ढोकापाले मात्र भइरहने ? यो कहाँको समानता हो ? ग्रेटर नेपालको अभियानमा साथ दिनुस् ।’

प्राध्यापक नेपालले उठाएको मुद्दामा विस्तार मुलुकप्रेमी युवाहरुको आकर्षण बढ्न थालेको छ । दशगजा नामक नेपाली फिल्मका नायक तथा भारतीय ‘सीमामा काँडेतार’ अभियानका अभियन्ता नवल खड्कासमेत उनको मुद्दामा सहमत जनाउँदै मैदानमा उत्रिएका छन् । यसअघि फिल्म निर्देशक मनोज पण्डितले ग्रेटर नेपाल फिल्म बनाएर सम्पूर्ण मुलुकवासीलाई ग्रेटरनेपालको ज्ञान बाँडेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।