अवैध गर्भपतनको आरोपमा इटहरीस्थित एक अस्पतालका संचालक र एक जना डाक्टर पक्राउ

इहटरी, अवैध गर्भपतनको आरोपमा इटहरीस्थित एक अस्पतालका संचालक र एक जना डाक्टर पक्राउ परेका छन् । पशुपती अस्पतालका संचालक पशुपती चौधरी र डा.बालकृष्ण साहलाई प्रहरीले आइतबार पक्राउ गरेको स्वास्थ्य खबरमा प्रकाशित छ ।

बिराटनगरीकी हेमा माझिको अवैध रुपमा गर्भपतन गर्न लागेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले बताए । ‘उनीहरुले गर्भपतसम्बन्धि अनुमती नै लिएका रहेनछन्,’ डिएसपी सुवेदीले भने, ‘गर्भपनत गराउने क्रममा महिलाको अवस्था क्रिटिकल भएको थियो।’

अस्पतालका संचालक चौधरी गत वर्ष नक्कली प्रमाणपत्रधारी चिकित्सकको आरोपमा सिआईबीले पक्राउ गरेका व्यक्ति हुन् । उनको एसएलसीको समेत सर्टिफिकेट नक्कली भएको र एमबीबीएस नै नपढी उनले भारतबाट सर्टिफिकेट किनेर आफुलाई चिकित्सक भन्दै आएका थिए। नक्कली प्रमाणपत्रधारी डाक्टर हो भन्ने चालपाएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोली अस्पतामा पुगेको थियो। टोली पुग्दा कटहरीका चौधरी अस्पतालमा काम गरिरहेका थिए । उनलाई पक्राउ गर्नु अघि प्रहरीले एक जना कर्मचारीलाई बिरामी बनाएर चेकअप गर्न पठाएको थियो । चेकअप गर्न पुगेका नक्कली बिरामीलाई डाक्टर चौधरीले खकार, पिसाब सबै चेक गर्नु पर्ने बताए। जब केहि नभएको व्यक्तिलाई सबै चेकअप गर्नु पर्छ भने त्यसपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।

उनी नक्कली प्रमाणपत्रका अाधारमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटक फेल भएका छन्।

डा. साह सरकारी खर्चमा एक वर्षे प्रसूति तालिम लिएर पनि सरकारले खटाएको स्थानमा जान अटेर गर्नेमा पर्छन। शल्यक्रियाबाट प्रसूति (सिजेरियन) कार्यक्रम सञ्चालनका लागि डिप्लोमा इन गाइनेकोलोजी एन्ड अब्स, डिजिओ गरेका उनलाई सरकारले तत्कालिन समयमा रौतहट खटाएको थियो। तर उनी सरकारको नियमलाई अटेर गरेर अन्यत्रै बसेका थिए। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले उनलाई जनही पाँच लाख शुल्क र प्रत्येक महिना २० हजार रुपैयाँ छात्रवृत्तिसमेत दिएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत प्रसूतिमा डिप्लोमा तहको तालिम दिएको थियो।

पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी प्रहरीले गर्भपतन सम्बन्धि ऐन अनुसार कारबाही गरिने डिएसपी सुवेदीले बताए । उक्त ऐनअनुसार १ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । ‘बाटो बाटोमा गर्भवर्तन गराउदै हिँड्ने हो भने ठुलो समस्या हुन्छ,’ डिएसपी सुवेदीले भने,‘त्यही भएर प्रहरी कडा रुपमा प्रस्तुत भएको हो ।’ जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पनि घटनाको अनुसन्धान अघि बढाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।