‘जन्मथलो गोर्खाल्याण्डमा आगो बल्दा यता हाम्रो मन पोलिरहेको छ’

काठमाडौं, असार ७ । नेपालमा दार्जलिङसहित पश्चिम बंगालका पहाडी भूभागका नेपाली भाषीको साहित्य कला र संस्कृतिको जगेर्ना र विकासमा ठुलो योगदान छ । २००७ सालयताका वडाहाकिम, २०४७ मा संविधान सुझाव आयोगका सदस्य तथा कम्युनिस्ट नेता निर्मल लामा, प्रगतिवादी साहित्यकी नक्षत्र पारिजात, कलाकार लैनसिंह वाङदेल, गायिका अरुण लामा, संगीतकार अम्बर गुरुङ, चलचित्र क्षेत्रमा तुलसी थापा, निरुता सिंह, शनी रौनिमार, गोपाल योञ्जनलगायत सयौंको योगदान अतुलनिय छ । दार्जलिङको गोर्खाल्याण्ड आन्दोलनबारे के भन्छन् त ‘पहाडकी रानी’ भनिने त्यो भूमीका प्रबुद्ध व्यक्तित्वहरु ? रातोखबरबाट साभार गरिएको यी भनाईहरु हेर्नुहोस्:

सचिन सिंह, कालेबुङ, संगीतकार – अहिले दार्जलिङको स्थिति राम्रो छैन । मान्छे मरिरहेका छन् । दार्जजिङको आन्दोलन अहिलेको होइन । सन् १९८६ जुलाई २७ मा कालेबुङमा निस्केको जुलुशमाथि प्रहरी र केन्द्रीय जगेडा प्रहरी (सिआरपी) को हस्तक्षेपमा धेरै मान्छे मारिएका थिए । त्यसपछि गोर्खाली आन्दोलन झन् चर्केको थियो । त्यसयता बेलाबेलामा आन्दोलन भइरहेको छ ।

कुन्ती मोक्तान, मार्गहोप, चियाबारी, दार्जलिङ, गायीका – गोर्खाल्याण्डका लागी पटकपटक आन्दोलन भयो तर त्यत्तिकै सेलायो । यसपटकको आन्दोलन निर्णायक होस्, नोपालीभाषीले अधिकार प्राप्त गरुन् भन्ने मेरो चाहना छ ।

एड्रियन प्रधान, रकगायक – हामी कलाकर्मीलाई राजनीतिक कुरा त्यत्ति थाहा हुँदैन । तर दार्जलिङमा जे भइरहेको छ । त्यसबाट चिन्ता लागेको छ । यो समस्या चाँढै समाधान होस् भन्ने चाहान्छु ।

उषा लिङ्देल, मोडेल, दार्जलिङ – घरको चिन्ताले रातभर निन्द्रा लाग्दैन । मलाई त दार्जलिङ गएर आन्दोलनमा होमिन पाए हुन्थ्यो जस्तो लागिरहेको छ । विद्यालय पढ्दा बुवाले पनि गोर्खाल्याण्डको पक्षमा आवज उठाउनु भएको थियो । बैठक भइरहन्थ्यो । त्यसवेला मैले गार्खाल्याण्डका विषयमा धेरै कुरा बुझ्न पाएकी थिएँ ।

फनिन्द्र राई, संगीतकर्मी, दार्जलिङ – सन् १९८६ मा विद्यार्थी जीवनमै हामी गोर्खाल्याण्ड आन्दोलनमा होमिएका थियौं । अवस्था ज्यादै भयावह थियो । तर त्यसवेला अहिलेको जस्तो सञ्चार नभएको हुनाले त्यो अवस्था बाहिर जान पाएन । पछि नेपाली भाषीबीच नै फुट गराएर आन्दोलन निस्तेज पारिएकाले कुनै न कुनै समय आन्दोलन उठ्ने अवस्था थियो । जुन अहिले भइरहेको छ ।

कैलाश राई, संगीतकर्मी, दार्जलिङ – दार्जलिङमा नेपालीभाषी होमिएका छन् । पहिले त जिल्ला प्रमुख हुन दिँदैनथे । त्यसविरुद्ध यस अघि पनि आन्दोलन त भए तर नेपालीबीच फुट गराएर, पार्टी फुटाएर आन्दोलन तुहाएको थियो । पछिल्लो अवधीमा नेपालीले यो कुरा बुझेकाले सबै एक भएर उठेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖