‘प्रचण्ड’ जंगिए : शेरबहादुर र ओलीले गणतन्त्र जोगाउँदैनन्

नेपालगञ्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डायलग पेलेका छन्।

केही दिन अघि सम्म देउवाप्रति आफ्नो अपेक्षा रहेको भन्दै फुर्काएका उनले एक साता पनि नवित्दै नेपालगञ्ज गएर देउवालाई डायलग हाने। उनले कांग्रेस र एमाले विजयी भएका गणतन्त्र खतरामा पर्ने समेत बताए।

बाँकेमा आयोजना गरिउको एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्र माओवादीको बलमा आएकोले जनताले माओवादीलाई नै जिताउनुपर्ने बताए।

उनले आफूहरुको मुल्य तोक्ने देउवा र ओलीले गणतन्त्र बचाउन नसक्ने बताए । माओवादी बलियो हुँदा मात्रै देश बलियो हुने समेत उनले बताए । प्रचण्डले नेपालगञ्जमा आफ्नो सरकारले २४ घण्टा बिजुली बल्ने व्यवस्था मिलाएको बताए । साथै राम्रो आर्थिक बृद्धि गराएको समेत बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।