यसरी बन्दैछ झन-झन कठिन गोरखाल्याण्ड आन्दोलन : विधायक शर्मा भन्छन,- दार्जीलिङका जायज माग संबोधन हुनुपर्छ

काठमाडौं, ८ असार । गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ ।

बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।

दार्जीलिङमा जुन आन्दोल चलिरहेको छ त्यस आन्दोलनमा आफ्नो समर्थन रहेको बताउनुहुन्छ भारत आसमका विधायक रामप्रसाद शर्मा ।

हाम्रो पाटी भारतीय जनता पाटीले समेत दार्जीलिङका हक अधिकार र जायज मागलाई सम्बोधन गर्ने बताउदैँ आएको छ । म पनि त्यसका लागि जस्तो सुकै पहल गर्न पनि तयार छु न्यूज अभियानको कुराकानीमा शर्मा भन्नुहुन्छ । दार्जिलिङको आन्दोलन अझै चर्किने भएको छ ।

गोर्खाल्यान्ड आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै इलाममा प्रदर्शन

गोर्खाल्यान्ड आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै इलाममा प्रदर्शन भएको छ । इलाममा रहेका नेपाली तथा दार्जिलिङ लगायतका क्षेत्रबाट बिहे गरेर आएका चेलीहरुले मिलेर इलाम सदरमुकाममा प्रदर्शन गरेका छन् । एक सय १० वर्ष पुरानो अस्तित्व मेटाउन नहुने भन्दै सदरमुकाममा प्रदर्शन भएको छ ।

बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमासमेत सहभागी नहुने निर्णयसमेत गरेको छ ।

गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन् । दार्जीलिङको अनिश्चतकालीन बन्द यथावत् छ । गत शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपाली भाषीको मृत्यु भएपछि आन्दोलनले अर्कैरुप लिएको छ । बाँकी भिडियोमा…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।