संसदमा कुर्सी तोडफोड गर्ने माओवादी सांसदको सप्तरीमा अर्को उदण्डता- एलडीओमाथि हमला

सप्तरी, ८ असार । संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।

संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए ।

त्यतिबेला देखिनै उग्र स्वभाव देखाउँदै आएका यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।

पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।

यता स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको पुष्टि गरे । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्,’ उनी भन्छन् ।

यता सांसद यादवले आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् । – नयाखोजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖