रुपा भन्छिन,- श्रीलंकामा बुद्धको दर्शन गर्न हिँडेकाे भनी ढाँट्न लगाएर आफन्तले कुवेतमा बेचे

पैसाका पछि नलागेको भए मेरो यो अवस्था हुने नै थिएन’ चितवनको नारायणघाटकी रुपा श्रेष्ठ विश्वकर्मा भन्नुहुन्छ, ‘पैसा कमाउने दाउमा दलालका कुरामा विश्वास गर्दा फसें ।’

आफ्नै माइजुले काम गर्ने विदेशको घरमा काम लगाई दिन्छु भनेर कुवेतमा बेचिएकी रुपालाई आफूले विगतमा गरेका निर्णय प्रति अहिले पछुतो लाग्छ ।

आफन्त अर्थात मित साइनो पर्ने दलालले उहाँलाई राम्रो काम लगाईदिने आश्वासन देखाएर झण्डै १० महिना अघि कुवेतमा बेचेका थिए ।

दलालले गरेका गुलिया कुरामा विश्वास गरेर रुपाले पनि परदेशमा कमाउने सपना सजाउनु भयो । आफन्तले बेच्लान् भन्ने सोच्नु भएकै थिएन् ।

‘सबै चिज सोचे जस्तो कँहा हुन्छ र’ रुपा गुनासो गर्नुहुन्छ, ‘कमाउँला, छोरीहरुलाई पढाउँला भनेर विदेश गएको झण्डै आफ्नै ज्यान गयो ।’

दिल्ली हुँदै श्रीलंका, त्यसपछि कुवेत रुपाका दुईजना छोरी छन् । सानै उमेरमा विहे गरेकी रुपाको जेठी छोरी त १४ वर्ष की भैसकिन् ।

सानीआमाकोमा आउने जाने केटाको मायामा पर्दा रुपा १६ वर्षकी हुनुहुन्थ्यो । मनले चाहेको केटासँग परिवारको सहमती बिनै रुपाले भागेर विहे गर्नुभयो ।

दुवै जना काम गर्नुहुन्थ्यो । छोरीलाई बोर्डिङ स्कुल पढाउनुभएको थियो । सुखी परिवार थियो । रुपाको खुसी र विश्वास धेरै समय टिकेन । श्रीमानले अर्की विहे गरे । श्रीमानले अर्की विहे गरेपछि रुपा माईती मै बस्नु भयो ।

दुई छोरीकी आमा रुपाको मन छोरीहरु कै भविष्यको चिन्ताले थिरमा बसेनन् । विदेश जाने सोच बनाउनु भयो । रुपाको विदेश जाने सोचमा दलालले मलजल गरे । पासपोर्ट बनाउनु भयो ।चितवनबाट पासपोर्ट लिन काठमाडौं आएकी रुपा, पासपोर्ट लिएको दुई दिनमा कुवेत जानका लागि दिल्ली पुग्नुभयो । दिल्लीबाट दलालले श्रीलंका पठाए । श्रीलंका पुगेपछि रुपालाई फसाए कि झैं लागेको थियो । दलालले गर्ने व्यवहार र उनीहरुको बोलिचालीले उहाँको मन शंकाले उकुसमुकुस भयोे ।

दिल्लीको विमानस्थलको चेकजाँचमा सोध्दा दलालले श्रीलंकामा बुद्धको दर्शन गर्न हिडेको भन्न लगाएका थिए । श्रीलंका, दुवई हुँदै रुपालाई कुवेत पुर्‍याइयो । कुवेत पुगेपछि उहाँको शंका सही सावित भैसकेको थियो ।

कुवेतमा उहाँलाई केही समय दलालको मै राखे । त्यहाँ उहाँ जस्ता थुप्रै नेपाली महिला राखिएका थिए । कुवेती साहु आएर मोलतोल गरी एक एक गरेर किनेर लान्थे ।

रुपा तिनै गतिविधी नियालेर बस्नु हुन्थ्यो । उहाँलाई पनि साहुले किनेर लगे । देख्दै डरलाग्दा साहु, रुपालाई ऊ सँग जानै मन थिएन् । रुपा काँप्दै गाडी चढेर साहुको घरमा पुग्नु भयो ।

ज्यान जोगाउन कै लागि भाग्नुपर्‍याे

घरमा काम गर्ने कुनै समय थिएन् । बिहानदेखि बेलुकासम्म काम गर्नपर्थ्याे । खाना खाने समय थिएन् । साहुनीले दुर्व्यवहार गर्थिन् ।

सँगै काम गर्ने साथी त्यो घरबाट भागेपछि रुपा पनि भाग्नु भयो । ‘साथी भागे पछि कामको भन्दा पनि ज्यानको माया लाग्यो, ज्यान जोगाउन कै लागि भागें’ रुपाले सुनाउनु भयो ।

काम गर्ने घरबाट भागेर दलालकोमा पुग्नु भयो । दलाले फेरि त्यही घरमा पठाए । घरका सबै जना सुतिरहेको मौका पारेर रुपा फेरि भाग्नुभयो ।

दलालले त्यसपछि उहाँलाई धेरै घरमा बेचिदिए । ‘पशु झैं कति घरमा बेचिनु, तर रुनु बाहेक अरु विकल्प थिएन्’ रुपाले भन्नु भयो ।

खान बस्न र कामको ठेगान नभएपछि रुपा बिरामी पर्नु भयो । बिरामी परेपनि काम नगरी सुख पाउनु भएन ।

खान बस्न र कामको ठेगान नभएपछि रुपा बिरामी पर्नु भयो । बिरामी परेपनि काम नगरी सुख पाउनु भएन ।

कहिले कुन घरमा, कहिले दलालकोमा गर्दै कुवेतमा रुपाका झण्डै १० महिना विते । काम गरेको पैसा पनि पाउनु भएन । घरमा लुकेर सम्पर्क गर्नुहुन्थ्यो ।

साहुले पत्तो पाए भने मोवाइल खोसिदिन्थे । रोएरै दिनरात बिताउनु हुन्थ्यो ।

रुपा आफ्ना छोरीहरुसँग बेलाबेलामा बोल्नुहुन्थ्यो । सानी छोरी भने रुपासँग रिसाएकी छिन् । ‘मसँग बोल्नै मान्दिन, तपाईंलाई चिन्दिन पो भन्छे’ रुपाले छोरीले फोनमा भनेका कुरा सुनाउनु भयो ।

रुपाले आफ्नो अवस्थाबारे दलाललाई जानकारी पनि गराउनु भएको थियो । तर दलालले उल्टै रुपालाई नै गाली गर्थे ।

ललितपुरको एकान्तकुनामा रहेको नेपाली प्रवासी एकता सञ्जालको सहयोगमा रुपा अहिले नेपाल फर्कनु भएको छ । ‘विदेश जानु नै मेरो गल्ती भयो’ रुपा भन्नुहुन्छ ‘विदेश भनेपछि मैंले त कान समाति सकें ।’ अब नेपालमै व्यापार व्यवसाय गरेर छोरीहरुलाई पढाउने उहाँको योजना छ । – उज्यालो अनलाइन बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।