भारतीय नै नेपालको गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेको खुलासा, मधेशलाई टुक्रयाएर भारत बनाउन खोजेको पुष्टि

वडाध्यक्षको उम्मेदवार बनेका महेन्द्र मर्वेता सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदको प्रत्यासी हुन्

सुनसरी ९ अषाढ । सुनसरीको कोशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष उम्मेदवारको नाम भारतीय रहेको खुल्न आएको छ । उनी भारतीय भएको कुरा भारतको मतदाता नामावलीमा भेटिएपछि खुलेको हो ।

वडाध्यक्षको उम्मेदवार बनेका महेन्द्र मर्वेता सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदको प्रत्यासी हुन् । उनको नाम भारतीय मतदाता नामावलीमा भेटिएपछि उम्मेदवारी बदरको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

मर्वेताको नेपालको मतदाता नामावलीमा क्रम संख्या १७४७ र मतदाता नम्बर १४८२५०१ नम्बरमा बाबु बेचु मर्वेता रहेको उल्लेख छ भने भारतको बिहार विरपुर नगरपालिकाको आम निर्वाचन नामावली २०१७ मा विरपुर २ मा क्रम संख्या २०३–४५११८१२०८, ००२९४७० नम्बरमा पिता बेचु मर्वेता नामबाटै मतदाता नामावली रहेको छ ।

उजुरीकर्ताले उनी श्री प्रावि श्रीपुर १ को हालसम्मको ब्यवस्थापन समितिको अध्यक्ष रहेको र उम्मेदवारी दर्ता गराउने समयसम्म उनले सो लाभको पद धारण गरिरहेको हुँदा उनको उम्मेदवारी बदर हुनुपर्ने माग गरेका छन् ।

उजुरीकर्ताले भारतीय मतदाता नामावली, नेपाली मतदाता नामावली, विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष कायम रहेको शिक्षा कार्यालयको पत्र समेत पेश गरेका छन् ।

कोशी गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर भण्डारीले भने भारतीय मतदाता नामावलीमा नाम रहेपनि उनले सो त्याग गरेको प्रमाण बुझाएको र विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पद लाभको पद नठहरिने स्पष्ट पारे ।

स्रोतका अनुसार भारतीय मतदाता नामावली अनुसार साविकको श्रीपुर १ मा मात्रै १ सय १२ जना भारतीय नागरिक मतदाता रहेका छन् । कोशी गाउँपालिका भरीमा करिब ४ हजार मतदाता भारतीय नागरिक छन् ।

भारतको बनेलीपट्टी बसमतीय, विरपुर, फारविसगंज, बरियाकमाल लगायतका स्थानको मतदाताहरु रहेका छन् । – लाईटनेपालबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।