धरान स्थित सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दैगर्दा प्रहरी पुगेपछि…

काठमाडौं, ९ असार । स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग्गा धनी प्रमाण पूर्जा’ बाँडे । तर, त्यहाँ बाँडिएको जग्गा थिएन, जग्गा धनी प्रमाण पूर्जा मात्रै थियो जुन पूर्जाले सुकुम्वासीले जग्गा पाउँदैनन् । पूर्जामा छाप जग्गाको कित्ता नम्बर र क्षेत्रफल केही छैन बरु त्यहाँका भूमिहीन सुकुम्बासीको नाम लेखिएको थियो र माओवादीको चुनाव चिन्हको छाप लगाइएको थियो ।

सुकुम्बासीहरुले प्रश्न गरे– यो प्रमाणपत्रले जाग्गा पाइन्छ त ? आइन्द्रविक्रमले जवाफ दिए– चुनावमा माओवादीलाई भोट दिएपछि भोट दिएको प्रमाण लिएर आए जग्गा पाइन्छ । यसरी सुकुम्बासी वस्तीमा नक्कली जग्गाधनी पूर्जा वितरण गरिरहेको प्रहरीले थाहा पायो । करिव ५० जनालाई नक्कली धनीपूर्जा वितरण गरिसकेपछि प्रहरी पुग्यो । प्रहरी पुगेपछि माओवादी टोली सुकुम्बासी वस्ती छोडेर हिंड्यो । चुनावमा झुठ आश्वासनको अर्काे नमुना देखियो बुटवलमा । बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन एमाले विरुद्ध खडा छ । मेयरमा एमालेका शिबराज सुवेदी छन् भने कांग्रेस माओवादी गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर उम्मेदवार बनाएको छ ।

अव रोचक कुरा– कांग्रेस माओवादी गठबन्धनले आफूले जिते बुटवललाई प्रदेश नम्बर ५ को राजधानी बनाउने चुनावी नारा अघि सारेको छ । यो किन रोचक भयो भने कांग्रेस र माओवादीको सरकारले बुटवललाई ५ नम्बर प्रदेशबाटै हटाउनेगरी संविधान संशोधन प्रस्ताव अघि सारेको छ । प्रदेश नम्बर ५ मै नराख्ने तयारी गरेको बुटवललाई कसरी प्रदेश नं ५ को राजधानी बनाउने आश्वासन बाँडेको भनी मतदाताले कांग्रेस माओवादी गठबन्धनसँग प्रश्न सोध्न थालेका छन् । फेरि बिहीबार नेपालगञ्जको चुनावी कार्यक्रममा गएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालगंजलाई प्रदेश ५ को राजधानी बनाउने भाषण गरिसकेका छन् ।

बुटवल र नेपालगंजमा एकैपटक र एकै दिन झुठ बोल्नेगरी चुनावी नारा कांग्रेस माओवादीले बनाएको यो प्रमाण हो । सत्तारुढ नेपाली कांग्रेसको ट्वीटर ह्याण्डल छ नेपाली कांग्रेस । त्यसले बुटवलमा आफ्नो पक्षमा जनसागर उत्रेको देखाउन एमालेको सभाको फोटो प्रस्तुत गरेको छ । तस्बिरलाई भाइरल बनाउन भन्दै कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिइएको उक्त तस्बिर भने ५ नम्बर प्रदेश नफुटाउन एमालेले आन्दोलन गर्दा बुटवलमा भएको सभाको हो । सोही तस्बिरलाई कांग्रेसले आफ्नो सभा भनेर प्रचार गरिरहेको छ । – चक्रपथ डट कमबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।