एमालेमा २१ लाखमा टिकट बेचिएको प्रकरण : भीम आचार्यमाथि कारबाही हुने ईश्वर पोखरेलको भनाइ

काठमाण्डौं, ९ असार । एमालेले आफ्नै पार्टी कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न टिकट बेच्ने नेतामाथि कारबाही हुने जनाएको छ ।

महासचिव ईश्वर पोखरेलले आफ्नै पार्टीका उम्मेदवारसँग पैसा माग्नेलाई कारबाही गरिने बताएका हुन् । काठमाण्डू टुडेमा खबर छ – मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नका लागि पार्टीका नेताले २१ लाख मागेको भन्दै एमालेका पाका नेता भेषराज काफ्लेले बिहीबार मात्र पार्टी परित्यागको घोषणा गरेका थिए ।

उनले एक नम्बर प्रदेश संयोजक भीम आचार्यसहितका नेताले आफूसँग उम्मेदवार बन्न पैसा मागेको आरोप लगाएका छन् । ‘उम्मेदवारसँग पैसा माग्ने नेतामाथि कारबाही हुन्छ ।’ चुनावी प्रचारका क्रममा विराटनगर पुगेका पोखरेलले प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा भने ।

पोखरेलले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारलाई ५ वर्षसम्म साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिने चेतावनी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।