‘महिनावारीको पीडासँगै रगत र आँसु बगाएर सगरमाथाको शिखर चुम्न सफल भए’ : कान्छीमाया (भिडियो सहित)

काठमाडौं । सगरमाथाको चुचुरोमा पाईला त राँखे ,तर फर्कनेबेलामा धेरै समस्या भयो,अक्सिजनको सिलिण्डर चोरी भयो । श्वास रोकिएला जस्तो भयो मेरो हात खुट्टा केहि पनि चलेन मेरो शरिरमा शक्ति भन्ने चिज नै रहेन । सादय आज मेरो यहि अन्तिम क्षण हो । मेरो दिमागमा यहि शब्द मात्र घुमिरह्यो ।

सगरमाथा आरोही कान्छीमाया तामाङको अनुभब हो यो । यदि मेरो गाईट अनुभबी नभएको भए सायद म रहने थिईन होला भन्दै आफ्नो अनुभव सुनाउँछिन कान्छीमाया तामाङ । बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न त्यति सजिलो छैन जुन हामी कल्पना गर्छौ ।

सिनधुपाल्चोकको बिकट गाबिस भोताङमा जन्मिएका कान्छीमाया तामाङ अहिले २८ बर्षकी भईन । अबैधानिक बाटो हुँदै ८ बर्ष ईजिप्टमा बसेर फर्किएका उनले बिदेशिएका महिलाहरुको अनैँकौ पिडा देखिन र हेरिन् ।

कति महिलाईहरुलाई भने उनले आफ्नै सहयोगमा अनैकौँ चुनौति मोल्दै नेपाल पनि फर्काईन । मिठो बोल्ने मिजासिलो तथा अलि लजालु स्वभावका कान्छीमाया तामाङ नेपालकै पहिलो तामाङ महिला आरोही पनि हुन ।

सिन्धुपाल्चोक भन्ने बित्तिकै सबैको मनमा एक किसिमको छाप बसिसकेको छ ,जहाँ चेलिबेटी बेचबिखन हुन्छ । नेपाल फर्केपछि महिलाहरुले पाएको दुख र पिडाको आवाज म उठाउँछु भनेर मिसन बनाएँ ।

तर कसैले मेरो आवाज सुन्न चाहेनन । म हारगुहार गर्दै जाँदा मेरो दिमागमा एउटा कुरा आयो यो आवज अब म सगरमाथामा पुर्याउछु र सफल पनि भए । ‘म जन्मेको सिन्धुपाल्चोक जिल्लामा नारीहरु अशिक्षित भएको कारणले चेलीबेटी बेचबिखान भएको जिल्ला भन्ने जुन किसिमको जनमानसमा पहिले देखिको नकारात्मक छाप बसेकोछ ।

त्यसलाई चिर्दै तामाङ नारि पनि सक्षम, शिक्षित र बुझ्ने भैसकेकी छिन् भन्ने उदाहरण देखाउने मेरो पहिलो लक्ष्य हो । यो आरोहणमार्फत तामाङ महिलाहरुको प्रतिनिधित्व गर्दै नेपालको पर्वतीय पर्यटनमा योगदान दिई विश्वमा चिनाउने उनको यो मिसन पनि सफल भयो । सगरमाथा आरोहणका क्रममा उनले अर्को दुख पनि पाईन ।

जब वेश क्याम्पबाट माथि जाँदै थियो उनी महिनावारी भईन्। तर उनले यो कुरा कसैलाई पनि भनिन् । किन भन्नस भएन भन्ने प्रश्नमा उनि भन्छिन,हाम्रो समाज यहि हो ।

महिनावारी हुनु प्राकृतिक कुरा हो तर हाम्रो समाजले बुझ्न सकेन । यति मात्रै होईन मैले यो कुरा भनेको भएँ । सायद मेरो लक्ष्य परा हुने थिएन होला ।

महिनावारी हुँदा कतिको पिडा हुन्छ ? त्यो त भोग्ने महिलाहरुलाई थाहा होला उनि भन्छिन् तर मैले हिम्मत हारिन म संग प्याड पनि थियो । मैले प्याड फेर्दै अघि बढे ।

अब म महिलाहरुको लागि नै केहि गरेर देखाउँछु । मलार्य सहयोग गर्ने सबैमा आभारी पनि दिन चाहान्छु ।

– सौजन्यः न्यूजअभियान ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।