मतदातालाई पैसा बाँड्दैगर्दा कांग्रेस उम्मेदवार समातिए, प्रहरी मुचुल्का बन्न सकेन

झापा, १० असार । मतदातालाई पैसा बाँड्दै गरेको ठाउँमा कांग्रेस उम्मेदवार फेला परेपछि स्थानीयले समातिएका छन् ।

झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ स्थित खिराचन माझीको घरमा बुधवार राती पौसा बाँड्दै गर्दा कांग्रेस वडा अध्यक्षका उम्मेदवार पुष्पलाल राजबंशी र स्थानीय शिक्षक भूमिलाल राजबंशीलाई गाउँलेहरुले पक्रेका हुन् ।

घटना विवरण अनुसार कांग्रेस उम्मेदवार राजबंशी शिक्षक भूमिलाललाई लिएर राती स्थानीय मतदाता खिराचन माझीको घरमा गएका थिए । सुत्ने तरखरमा रहेका खिराचनलाई बोलाएर उनीहरुले ढोका खोल्न लगाएका थिए। खिराचनसँगै हिना माझीले पनि उम्मेदवारले बोलाएपछि ढोका खोलेर भेटे । उनीहरुलाई कांग्रेस उम्मेदवार राजबंशीले अहिले चुनाव प्रचारका लागि पर्चा दिन मात्रै आएको र चुनावपछि बसेर कुरा गर्नेगरी आउने भन्दै पर्चा दिए ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष सदस्यहरुको तस्बिरसहितको पर्चाका बीचमा उनीहरुले पाँच–पाँच सय रुपैयाँका नोट राखिएको थियो । माझीले पर्चासँग नोट पनि राखेको थाहा पाएपछि आफूलाई पैसामा किन्न नखोज्न चेतावनी दिए । कांग्रेस उम्मेदवार राजबंशीले पछि फेरि कुरा गर्नेगरी आउने भन्दै पर्चा र नगद अहिले यहीँ छोडेर जाने वताएपछि माझीको परिवारले आफूहरुलाई पैसामा किनेर अपमान गर्न खोजेको भन्दै होहल्ला गरे ।

उनीहरुको होहल्लाले गाउँले जम्मा भए । गाउँलेले तत्काल प्रहरीलाई खवर गरे । प्रहरी घटनास्थलमा आइनपुग्दै कांग्रेस उम्मेदवार र शिक्षक राजबंशी पैसा र पर्चा छोडेर भागे । गाउँलेहरुले पैसा बाँड्न आएका उम्मेदवारलाई पक्राउ गरी सर्जमिन मुचुल्का तयार गर्न माग गरेका थिए । तर, उम्मेदवार राजबंशी भागेकाले प्रहरीले मुचुल्का उठाउन सकेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।