यस्तो छ खाल्सा छिन्ताङ सहिदभुमी गाउँपालिका का एमाले उम्मेदवारको योजना

धनकुटा, असार १० । ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सवको रुन्छ कि दुःख बिसाउँदा…’ सवैको मन छुने यो गीत सिर्जना गरिएको स्थान हो, धनकुटाको खाल्सा छिन्ताङ सहिदभुमी गाउँपालिका ।

यही गाउँपालिकामा सवैको दुःख बिसाउने र बिकाशको मुल फुटाउने एउटा नायक छन, मनोज राई । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तिनै शहीदहरुको सपना साकार पार्न लागेको योद्धा मनोज राईलाई गाउँपालिका प्रमुखको रुपमा उम्मेदवार बनाएको छ ।

पञ्चायबिरोधी आन्दोलन र कम्युनिष्ट आन्दोलनको गति बढाउने अभियानमा लाग्दा २०३६ सालमा यही भूमीका १६ जना शहिद बनेका थिए । त्यो आन्दोलनको उर्जालाई मर्न नदिन एमालेले मनोजलाई अध्यक्षको उम्मेदवारको रुपमा चयन गरेको छ । आर्थिक संमृद्धि, शहीदको सपना साकार पार्दै सवै नागरिकबीच समानता र न्यायलाई मुल नारा बनाएकमा मनोजलाई एमालेले उम्मेदवार बनाएसँगै मतदातामा नयाँ उत्साह जागेको छ ।

कांग्रेस र नेकपा माओवादी केन्द्रको उम्मेदवारको पृष्टभुमी बिवादै बिवादमा रहेको तर एमाले उम्मेदवार सवैको छाहनाअनुसार भएपछि मतदाता आकर्षित बनेका छन । मनोजलाई साथ दिने सारथीका रुपमा उपाध्यक्षमा अत्यन्तै सरल र मिजासिलो महिला नेतृ रत्नश्वरी राईलाई अघि सारेपछि पनि मतदाता निकै प्रभावित बनेका हुन । ‘मनोज र रत्नश्वरी हाम्रा सुखका होइनन, दुःखका साथी हुन, गाउँमा जे पर्दा पनि उहाँहरुको साथ रहन्छ, त्यसैले हामी यो पठक एमाले उम्मेदवारलाई जिताउँछौं,’ स्थानीय मतदाताको भनाई उधृत गर्दै जिल्ला कमिटी धनकुटाकी सदस्यसमेत रहेकी महिला नेतृ साबित्रा राई भन्छिन ।

अध्यक्षका उम्मेदवार मनोज युवासंघ जिल्ला सचिब, एमाले गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी सदस्य, क्षेत्रीय कमिटी उपाध्यक्ष, गाउँ संगठन कमिटी सहसंयोजक, ईलाका इन्चार्ज हुँदै १२ बर्षदेखि निरन्तर जिल्ला कमिटीको सदस्य भुमिकामा रहेका छन । उनी कुशल संगठक, स्वच्छ छवि र शालीन ब्यक्तित्वका रुपमा परिचितसमेत छन । उनीलाई स्थानीय मतदाताले २०३६ सालको शहीदको सपना साकार पार्ने नायकका रुपमा बिश्वास गरिरहेका छन ।

अधिकांश राई जातिको बसोबास रहेको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकामा एमालेले राई समुदायकै युवा, योग्य र जुझारु व्यक्तिलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएका कारण पनि जित लगभग सुनिश्चित बनेको छ । त्यति मात्र हैन शिक्षण पेशाबाट राजीनामा गरी अध्यक्षको उम्मेदवार बनेका राई स्थानीय जनताबीच मिजासिलो र इमानदार व्यक्तिको रुपमा परिचित छन । स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका उनी तार्किक, बौद्धिक र सकारात्मक सोच भएका नेताका रुपमा परिचित छन ।

उपाध्यक्षकी उम्मेदवार रत्नश्वरी राईलाई उम्मेदवार बनाएको छ । विशेष गरेर राई जातिको ८० प्रतिशत भन्दा बढी बसोबास रहेको यस गाउँपालिकामा राई समुदायबाट उम्मेदवार बनाएकाले दुबै पदमा एमालेको जित निश्चित रहेको एमाले नेतृ साबित्रा राई बताउँछिन । उपाध्यक्षकी उम्मेदवार रत्नेश्वरी महिला अधिकारको क्षेत्रमा समेत निकै क्रियाशील रहेको जनताटाईम्समा प्रकाशित छ ।

यस्तो छ एमाले उम्मेदवारको योजना -> योजना हेर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।