मुलुककै कान्छो महानगर विराटनगर के चाहन्छ ?

काठमाडौं, असार १२ । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ छन् ।

युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका जनप्रतिनिधिले आगामी पाँच वर्षमा साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहरलाई साँच्चैको महानगरमा रूपान्तरण गर्नुपर्नेछ ।

नेपालमा उद्योग र राजनीतिको जग सुदृढ बनाएको विराटनगरसँग अहिले त्यसको दम्भ मात्र बचेको छ । विराटनगरसँग अहिले देखाउन मिल्ने एउटै मात्र चिज छ, भारतको जोगबनीलाई चिनियाँ सीमा किमाथांकासँग जोड्ने ६ लेनको सडक । थुप्रै उद्योग बन्द भइसकेका छन् । पुराना सडक खाल्टाखुल्टीले हिँड्नै नसक्ने भएका छन् । ‘स्मार्टसिटी’ बन्ने सपनाको आधार टाढाटाढासम्म छैन । मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला यो सहरबाट पहाडी समुदायले पलायनै हुनुपर्ने अवस्थासम्म सिर्जना भयो ।

कुनै बेला काठमाडौंपछिको दोस्रो सहर भनेर चिनिने विराटनगरले पछिल्लो समय महानगरकै कागजी परिचय पाउन पनि ठूलै पापड बेल्नुपर्‍यो । पहिलो चरण निर्वाचन भइसकेपछि अर्को औद्योगिक सहर वीरगन्जसँगै विराटनगरले पनि महानगरको परिचय पाएको छ । विराटनगरको पुरानो साख फर्काउन यथेष्ट सम्भावना भने रहेको यहाँका पुराना बासिन्दा तथा विज्ञहरू बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडिन तथा अर्थशास्त्री डा. भेषप्रसाद धमला बोर्डमा मात्र फेरिएको विराटनगरको महानगर परिचयलाई व्यावहारिक रूपमै साकार पार्न धेरै यात्रा तय गर्नुपर्ने बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य र विराटनगरका पुराना व्यवसायी अविनाश बोहरा पनि विराटनगरलाई विकासको गति दिन वृहत्तर गुरुयोजना ल्याउनुपर्ने बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।