मौन अवधीका बेला ओलीको यस्तो अभिव्यक्ति आएपछि कारवाहीको माग

काठमाडौँ, असार १२ । एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेपछि सत्तारुढ दलका तर्फबाट प्रतिक्रिया आएको छ ।

रातोपाटीसँगको टेलिफोन कुराकानीमा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी प्रवत्ता पम्फा भुसालले ओलीको अभिव्यक्तिमाथि प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन प्रक्रिया अन्र्तगत मौन अवधीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसलाई गालीगलौज गरेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको सरकार र सद्दाम हुसेनको सरकारमा कुनै फरक नरहेको कडा टिप्पणी गरेपछि काँग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो ।

नेता पौडेलले एमाले अधिनायकवादको बाटोमा गएको भन्दै एमाले ओलीले पक्षपातपूर्ण ढंगले व्यवहार गर्दै आएको बताए ।

पौडेलले भने– ‘उहाँहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै आउनुभएको छ, यसरी चुनावको मुखमा मौन अवधीका बेला पत्रकार सम्मेलन गर्नु खेदजनक छ । आचारसंहिता उल्लंघन गरेकोमा उनलाई कारबाही गर्नुपर्छ ।’

पौडेलले भने, ‘सरकार बनेको कति दिन भयो ? के आधारमा उनले कांग्रेसको सरकारलाई सद्दाम हुसेनसँग तुलना गरे ?’

पौडेलले एमाले गैरजिम्मेवार मान्छेहरुको भीड भएको टिप्पणी गरे ।

माओवादी प्रवत्ता पम्फा भुसालले दोस्रो चरणको चुनावमा पहिलोमा भन्दा कम नजिता आउने अनुमान देखेपछि ओलीको यस्तो प्रतिक्रिया आएको बताइन् । उनले यो भनाईले सत्ताबाट बहिरिँदाको छटपटाहट ओलीमा अझै कायम रहेको पनि बताइन् ।

– अहिलेको सरकार प्रजातान्त्रिक र गणतान्त्रिक छ ।

– संविधान कार्यन्वयनको प्रमुख दायित्व हो । यसका लागि सरकारले काम गरिरहेको छ ।

– एमाले जस्तो असहिष्णु र निषेधको राजनीति गर्ने प्रतिपक्ष हुँदाहुँदै पनि सरकारले संविधान कार्यन्वयनको लागि काम गरिरहेको छ ।

– संविधान भनेको परिवर्तनको दस्तावेज हो । सरकारले यसलाई कार्यन्वयन गर्दैछ । दोस्रो चरण र तेस्रो चरणको चुनाव मार्फत संविधान कार्यन्वयनको काम हुँदैछ । प्रचण्ड सरकारको निरन्तराको सरकार हो । यसले प्रदेश र संघीय चुनाव पनि गराउँछ ।

– ओलीको यो अभिव्यक्ति सरकारबाट बाहिरिदा उत्पन भएको छटपटाहट हो ।

– एमाले आफ्नो एजेन्ठा नभएको र आइपरेको विषयमा रङ भरेर आफ्नो अनुकुलता खोज्ने पार्टी हो । भ्रम छर्ने पार्टी हो । आज ओली जे बोले यो भनेको दोस्रो चरणको चुनावमा पहिलोमा भन्दा उनको पार्टीले कम जित निकाल्दैछ भन्ने सन्देश पनि हो । एक किसिमले यो अभिव्यक्ति हारको मानसिकता उपज पनि हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖