आफूमाथी बुटवलमा बम आक्रमण प्रयास भएको ओलीको खुलासा

मौन समयमा ओलीको पत्रकार सम्मेलन

काठमाडौं, असार १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आईतवार आफुमाथी बम आक्रमण प्रयास भएको खुलासा गरेका छन् । प्रेस चौतारी नेपालले आज एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो खुलासा गरेको खबर नेपालपाटीमा छापिएको छ ।

‘हिजो मात्र बुटवलमा मेरो मञ्च पछाडि तीन वटा बम राखिएको रहेछ, बेलैमा नेपाली सेनाले निष्क्रिय पारेर केही हुन पाएन, नत्र ठुलो दुर्घटना हुने रहेछ , ओलीले भने ,।’ स्थानीय तहको दोश्रो निर्वाचनको नजिकमा देशका विभिन्न भागमा बम विस्फोट गराइएको तर सरकारले अपाराधिहरु पत्ता लगाउन नसकेको बताए ।

उनले जे शीर्षक दिएपनि यस्ता घटना राजनीति नभई अपराध कर्म भएको बताए । दोलखामा पहिलो चरणको निर्वाचनको क्रममा एमाले कार्यकर्ताको हत्या भएको र हत्यारालाई समातेर प्रहरीमा बुझाउँदा बुझाउनेलाई नै उल्टै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा ओलीले आक्रोश व्यक्त गरे । उनले त्यसलाई सरकारको उत्ताउलोपन भएको दावी गर्दै भने, ‘छिचिमिरालाई काल आयो भने प्वाँख पलाउँछ भन्थे, अहिलेको यो सरकारको पनि प्वाँख पलाएको छ ।’ ओलीले अगाडि भने, अहिले देशमा सरकार तानाशाहको रुपमा हावी भएको छ । जुनसुकै रुपमा होस् तानाशाह भनेको तानाशाह हो, इराकमा सद्दाम हुसेनका कुरा के गर्नु हाम्रैमा धेरै हुसेनहरु भैसके ।

स्थानीय तहको निर्वाचनमा निश्पक्ष स्वच्छ र धाँधली रहीतको बातावरण श्रिजना गर्न निर्वाचन आयोगलाई ओलीले आग्रह गरे । ‘निर्वाचन आयोगको काम भनेको मतपत्र छाप्ने बाँड्ने र बाकस थाप्ने मात्र हौइन, धेरै जिम्मेवारी छन् ।’ ओली आफ्नो पक्षमा प्रहरी प्रसाशन, निर्वाचन आयोगलाई दवाव दिने र प्रभाव पार्ने काम आफुहरुबाट नहुने प्रतिवद्धता व्यक्त गर्दै सत्तापक्षबाट पनि त्यस्तो व्यवहारको अपेक्षा गरेको बताए । ओलीले निर्वाचन निश्पक्ष गर्नका लागि आफ्नो तर्फबाट आयोगलाई पुर्ण सहयोग हुने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।