आफ्नै घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट

इटहरी,असार १३ । आफ्नो घरमा मारिएकी महिलाको विषयमा चित्त बुझ्दो जवाफ नदिएको आरोपमा स्थानीयले पूर्व जर्नेल एवम् माओवादी केन्द्रका पूर्व सांसद कुमार फुदोङमाथि कुटपिट गरेका छन्।

मंगरबार घरभित्रै लुकेर बसेको अवस्थामा उनलाई स्थानीयले कुटपिट गर्दै नियन्त्रणमा लिएका हुन्। कुटपिटबाट फुदोङको टाउको फुटेको छ। उनको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ।

आफ्नो घरको बगैंचामा मारिएकी महिलाको विषयमा गैह्रजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्रोशित इटहरीवासीले फुदोङमाथि आक्रमण गरेका हुन्। इटहरी ४ स्थित उनको घर रहेको विशाल बगैंचाबाट सोमबार एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। बगैंचामा माछा पाल्ने पोखरी छेउबाट २९–३० वर्षीया रञ्जु ठकुरीको शव सोमबार भेटिएको हो।

स्थानियवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा अदालत जानु भन्ने अभिव्यक्ति दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। आक्रोशित स्थानियवासीले फुदोङलाई पक्राउ गर्न माग गरेका थिए। तर, पैसा र पहुँचको भरमा प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुको आरोप छ।

स्थानियवासीले फुदोङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएपछि प्रहरीले उनको उद्धार गरेको छ। इटहरी ४ माफुदोङको ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र घर रहेको छ। उक्त ठाउँमा केही समय अघि मनशान्त रिसोर्टसमेत सञ्चालनमा आएको थियो।

उक्त रिसोर्टमा काम गर्ने महिला सोमबार मृत भेटिएकी थिइन्। पोखरीमा डुबेरको अवस्थामा महिलाको शव भेटिएको भए पनि स्थानीयले भने फुदोङमाथि हत्याको आरोप लगाएका छन्। – अन्नपूर्ण पोष्टबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।