सीमा सुवेदी चर्चामा : नेपालबाट गुगलमा सर्वाधिक खोजिने व्यक्तिको शीर्ष स्थानमा परिन्

सीमा सुवेदी जताततै छिन् – उनी तपाईंको फेसबुकको न्यूजफिड, ट्वीटर, युट्युब र अन्य सोसल प्लेटफर्म भरी छिन् । यदि तपाईंलाई उनीबारे थाहा छैन भने तपाईं सायद समाज भित्रै पर्नुहुन्न ।

विवाद त्यतिबेला निम्तियो जब उनले यो हप्ताको सुरुवातमा फेसबुकमा लाइभ स्ट्रिममार्फत गोर्खाल्याण्ड आन्दोलन, भारतमा रहेक नेपाली भाषी र पूरा नेपालीबारे आफ्नो धारणा व्यक्त गरिन् । उनले भारतीय गोर्खाली (नेपाली भाषी भारतीय नागरिक) र नेपाली पूर्ण रुपमा फरक भएको बारे बारम्बार दोहोराइन् ।

आफू भारतीय हुनुमा उनलाई गर्व भएको वाक्यलाई पनि उनले सुगा रँटाई गरिन् । तर यसले नेपालीलाई केही पनि फरक पारेको थिएन किनभने यो वास्तविकता हो तर नेपाली त्यतिबेला रिसाए जब उनले नेपालीलाई भारतमा भाँडा माझ्नका लागि आउँछन् भनेर गाली गरिन् । उनी सम्भवतः नेपालीले सबैभन्दा घृणा गर्ने महिला पात्र बनेकी छिन् ।

उनको लाइभ भिडियो समाप्त भएलगत्तै त्यसलाई फेसबुक ह्यान्डलमा सेभ गरियो र नेपाली फेसबुक पेज, युट्युब च्यानल र अनलाइन पोर्टलले उनीबारे समाचार लेखे, उनले नेपाल र नेपालीलाई गरेको अपमानबारे लेखे ।

यद्यपी, उनी अहिले नेपालबाट गुगलमा सबैभन्दा बढि खोजिने व्यक्तिमा परेकी छिन् । यसका लागि गुगल ट्रेन्ड डाटा हेर्न सकिन्छ ।

अहिलेसम्म उनलाई नेपालबाट सायद कसैले गुगल खोजी गरेका थिएनन् । तर उनको भिडियो भाइरल बनेपछि उनलाई इन्टरनेटमा खोजी गर्नेको ताँती एकाएक उच्च भएको छ ।

सीमाको पहिलो भिडियोमा मानिसहरुले उनलाई तथानाम गाली गरेपछि उनी आइतबार पुनः फेसबुकमा दोस्रो पटक लाइभमा देखिइन् । यसपटक उनले नेपालीमा बोलेर माफी मागेकी छिन् तर नेपालीहरु भने उनलाई माफी दिने पक्षमा देखिँदैनन् ।

को हुन त सीमा सुवेदी ?
मुम्बईमा बस्ने सीमा सुवेदी श्रेष्ठ असामको स्वागपुरकी हुन् । उनले सन् २०१६ को मिसेज इन्डियाको उपाधी जितेकी छिन् । त्यसै वर्ष उनले मिसेज एसिया इन्टरनेशनल २०१६ मा भारतको प्रतिनिधित्व गरेकी थिइन् जसमा उनले मुख्य उपाधि हात पार्न सफल भइन् । नियोस्टफ्स



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।