त्रिपक्षीय गोर्खा सैनिक भर्ती सम्झौता नेपाल र नेपालीको हितमा नरहेको भन्दै खारेजीको माग

काठमाडौँ, १४ असार । कूटनीतिक अध्ययन केन्द्रले त्रिपक्षीय गोर्खा सैनिक भर्ती सम्झौता नेपाल र नेपालीको हितमा नरहेकाले खारेजीको माग गरेको छ ।

केन्द्रका महासचिव डा दीपेन्द्र रोकायले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच सो सम्झौता गरी नेपाली युवालाई विदेशमा बिक्री गरी भाडाको सैनिकका रुपमा विभिन्न मुलुकको सुरक्षाका लागि र नेपालका मित्र राष्ट्रहरुका विरुद्ध प्रयोग गरिएकोमा उक्त सम्झौता खारेज गर्न माग गर्नुुभएको छ ।

गोर्खा सैनिक जवानलाई भर्ती गर्दा बेलायतले प्रतिव्यक्ति एक पाउन्ड र भारतले एक डलरमा किन्ने गरेकोमा यो कार्य लोकतान्त्रिक गणतन्त्र र बुद्ध जन्मेको देशका शान्तिप्रति प्रतिबद्ध नागरिकका लागि असह्य हुने उक्त विज्ञिप्तमा भनिएको छ ।

सो कार्यले मानव तस्करी र बेचबिखन गर्ने कार्यलाई वैधानिकता दिएकोमा चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा गोर्खा भर्ती वैदेशिक रोजगारी होइन, चीनसँगको युद्ध, कारगिल युद्ध, अफगानिस्तानको युद्ध, इराकको युद्ध, फकल्यान्डको युद्धमा गोर्खा सेनाको प्रयोग गरिनु दुःखको विषय भएको उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।