बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले मुख खोले, यसो भन्छन उनी…

काठमाडौं, नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिनुभएको अन्नपूर्णपोष्टमा खबर छ।

उहाँले निर्वाचन सुरक्षाका क्रममा पड्कदै गरेको बम समातेर फ्याँक्ने प्रहरीको कामको उच्च प्रशंसा गर्नु भएको छ। दाङको एक स्थानीय निर्वाचनमा मतदान भइरहेका बेला प्रहरी हवल्दार दुर्गाबहादुर रानाले सम्भावित मानवीय क्षति राक्नु भएको थियो।

‘आम जनताको जनधनको सुरक्षाका खातिर आफ्नो किन्चित परवाह नगरी बिना हिचकिचाहट पड्कदै गरेको बम समेत टिपेर फ्याँक्नेसम्मको अदम्य साहसिक कार्य गर्ने लगायत सम्पूर्ण प्रहरी कर्मचारीको व्यवसायिक इमान्दारिता र कर्तव्यपरायणताले सिंगो नेपाल प्रहरी र सम्पूर्ण प्रहरी कर्मचारीको छाती पुनः एकपटक गर्वले चौडा भएको छ ’, दोस्रो चरणको निर्वाचनको मतदान भएको दुई दिनपछि विज्ञप्ती जारी गर्दै आईजी अर्यालले भन्नु भएको छ। उहाँले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिकाको पनि प्रसंसा गर्नु भएको छ।

उहाँले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिकाको पनि प्रसंसा गर्नु भएको छ।

यो पनि हेर्नुहोस् –

बम भुइँमा नखस्तै समातेर फाल्ने हवल्दारलाई गृहमन्त्रीले फोन गरेर यसो भने

बम समात्ने प्रहरीको सम्मानमा अबिर जात्रा, स्कूले केटाले फालेका थिए बम 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।