तम्घासमा जितको खुसी साट्दै ओलीले भने,- अरुलाई बढार्ने कुचो एमालेका हातमा छ

तम्घास, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए ।

गुल्मी सदरमुकाम तम्घास समेत रहेको रेसुङ्गा नगरपालिका कांग्रेसको परम्पारागत गढका रुपमा चिनिन्छ । तर, गुल्मी जिल्लाभर माओवादी कांग्रेसको संयुक्त उम्मेदवारीलाई एमालेले पराजित गरेको थियो । ‘सत्तापक्षले निर्वाचनमा हामीलाई बढार्ने भनेर गठबन्धन गरेको थियो । तर, हामीले उनीहरुलाई असफल बनाइदिएका छौँ’ ओलीको भनाई थियो ।

प्रदेश नम्बर दुईमा पनि एमालेले अरुलाई बढार्ने उद्घोष गर्दै अध्यक्ष ओलीले एमालेलाई बढार्न खोज्नेहरुलाई बढार्ने कुचो एमालेको हातका आएको बताए । अहिलेको चुनावमा मेयर, उपमेयर र वडा सदस्यहरुमा तालमेल गर्न सजिलो भएकाले कांग्रेस, माओवादी र अन्य ६ दलसम्मले मिलेर एमाले विरुद्ध संयुक्त उम्मेदवारी दिएको वताउँदै ओलीले प्रदेश र संघीय संसदको आगामी चुनावमा सांसद र उपसांसदमा तालमेल गर्न उनीहरुलाई अप्ठ्यारो पर्ने समेत वताए ।

दोस्रो चरणको निर्वाचनमा पनि एमालेको पक्षमा बलियो मत आएपछि सत्ता पक्षले चलखेल गर्न थालेको ओलीको भनाई थियो । पूर्वप्रधानमन्त्री ओलीले रेसुङ्गा नगरपालिकामा सचेत जनता भएकाले एमालेलाई जिताएकोमा बधाई दिँदै यस क्षेत्रको विकास गर्न आर्थिक अभाव हुन नदिने विश्वास दिलाए ।

अध्यक्ष ओलीले एमाले मुलुकको विकास गर्ने पार्टी भएको वताउँदै विकास समृद्धिको काममा ढिलाई नगर्ने वताए । एमाले राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय एकता, सद्भाव र आर्थिक समृद्धिको पक्षमा भएको र निर्वाचनले यसलाई पुष्टि गरेको वताए ।

हिमाल, पहाड र तराईलाई अलग पार्ने खेलका विरुद्ध यहाँका जनताले आन्दोलन गरेर राष्ट्रियता जोगाएको अध्यक्ष ओलीको भनाइ छ । ‘नत्र कांग्रेस–माओवादीको सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने दुष्प्रयास गरिसकेका थिए । नेकपा (एमाले) त्यसका विरुद्धमा उभियो, यहाँका जनताले साथ दिए । त्यही कारण उनीहरु पछि हट्न बाध्य भएका छन्’ ओलीको भनाई थियो ।

डिल्लीराज भुसालले नेतृत्व गरेको एमालेको टिमले रेसुंगा नगरपालिकामा विजय हासिल गरेपछि तम्घासमा हजारौँ मानिसको जुलुश निस्केको थियो । अध्यक्ष ओली अकस्मात गुल्मी आउने खबर विहानैदेखि फैलिएपछि ठूलो जनसमुह जम्मा भएको थियो ।

विजयसभामा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, केन्द्रीय सदस्य रामकुमारी झाँक्री, सांसद दिलशोभा पुनलगायतले सम्बोधन गरेका थिए । – चक्रपथबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।