नेकपा एमालेको विजय जुलुसमाथि नै गर्यो सुनसरीमा कांग्रेसले आक्रमण
सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

फाईल फोटो
वडा अध्यक्षमा एमालेका उम्मेदवार डेगराज फुयाल विजयी भएपछि एमालेले विजयी जुलुस निकालेको थियो । सोमबार साँझ निकालेको जुलुसमा कांग्रेस कार्यकर्ताले भाला, हेल्मेट र बाँस प्रयोग गरेर आक्रमण गरेका थिए ।
कांग्रेसको आक्रमणमा परि युवा संघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्लेलगायत घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । – एस काठमाडौंबाट साभार


