महरा र सुष्मा स्वराजबीच आज नयाँ दिल्लीमा भेटघाट, के विषयमा भयो छलफल ?

काठमाडौँ, १९ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच आज नयाँ दिल्लीमा भएको भेटमा हालका दिनहरुमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको मैत्री सम्बन्ध विभिन्न तहमा भएको भ्रमणले अझ बढी सुदृढ भएको विचारको आदानप्रदान भएको छ ।

दुवै नेताहरुले दुई देशबीचको विकास सहयोग, व्यापार र पारवहन, सीमापार पूर्वाधार, जलविद्युत् परियोजनालगायत विषयमा विस्तृत समीक्षा र छलफल गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको सामाजिक, आर्थिक विकासका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । भारतीय विदेशमन्त्री स्वराजले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाल सरकारलाई बधाई दिनुभयो ।

विदेशमन्त्री स्वराजले आजै उपप्रधानमन्त्री महराको सम्मानमा रात्रि भोजको आयोजना गर्नुभयो । मन्त्री महरा मङ्गलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।