सैनामैना नगरपालिका मेयरमा पराजित भएपछि कांग्रेसका जिल्ला सदस्यले दिए राजीनामा

बुटवल, २० असार । रुपन्देहीको सैनामैना नगरपालिकाबाट मेयरमा पराजित भएपछि कांग्रेस जिल्ला सदस्य फणिन्द्रप्रसाद शर्माले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिएको बताएका छन् ।

उनले नेपाली कांग्रेस केन्द्रीय समितिले सैनामैना नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएकोमा आभार प्रकट गर्दै शर्माले राजिनामा दिएको घोषणा गरे । उनले निर्वाचनमा सहयोग पु¥याउने भातृ संघ सस्था, युवा, शिक्षक, विद्यार्थी, वौद्धिक वर्ग लगायत सम्पूर्ण मतदाता र नगरबासीलाई खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् ।

‘मेरो नेतृत्वमा चुनाव लड्दा म लगायत धेरै साथीहरु सफलता प्राप्त गर्न नसकेको हुंदा नैतिकताको आधारमा जिल्ला कार्य समितिबाट राजीनामा दिएको छु ।’ – – ‘चुनावमा बिजयी प्राप्त गर्ने साथीहरुलाई बधाइ र सफल कार्यकालको शुभकामना छ’ उनले भनेका छन् ‘ अबको बांकी समय राष्ट्रियता, प्राजातन्त्र र समाजबाद प्रति सधंै निष्ठावान रही निरन्तर लाग्ने छु ।’

सैनामैनामा नेकपा एमालेबाट मेयरपदमा चित्र बहादुर कार्कीले १३ हजार ३६ मत ल्याई विजयी भएका हुन् भने शर्माले १० हजार ३ सय ५ मत ल्याएर पराजित बने । – नागरिक आ‍वाज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।