चिरीबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै विष्फोटको संघारमा !

काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरीबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै विष्फोटको संघारमा छ ।

आइतवारको बोर्ड बैठकमा मेयर महर्जनले हतियार किन्ने प्रस्ताव राखेपछि एमालेतर्फका वडाअध्यक्ष श्रीगोपाल महर्जन, सुदर्शन मिश्र र दिनेश कार्कीलगायतले चर्को आलोचना गरेका छन् । प्रस्ताव औपचारिक रुपमा आउनुपर्ने र निर्णय पनि पारदर्शी हुनुपर्ने भन्दै हतियार खरिदको औचित्य पुष्टि गर्न चुनौतीसहित एमाले कार्यपालिका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

प्रस्तावित १५ बुँदामा छलफल हुँदा केही विवादास्पद विषय आएको भन्दै एमालेले विरोध जनाएपछि मेयर निर्णयबाट पछि हट्दै ३ नम्बर वडाअध्यक्ष श्रीगोपाल महर्जनसमेतको समिति बनाएर संशोधनको काम थालिएको बुझिएको छ ।

असारको आधामास कटिसकेपछि जिल्ला समन्वय समिति र ललितपुरका विभिन्न नगरपालिकामा योजना फरफराक र भुक्तानीको भीड लागेको छ ।

जिल्ला विकास समितिले सांसद विकास कोषका योजनामा सांसदको दबावमा मिति संशोधन गर्ने गरेको बुझिएको छ ।

— जनआस्थाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।