भारतिय प्रम. मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरे… (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै अप्रत्यक्ष रूपमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरेका छन् । केही दिनअघि सो प्रान्तमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘भारतीय जनता पार्टीले नयाँ शिराबाट सोच्दछ । यत्तिका वर्षदेखि हाम्रा गोर्खा भाइबहिनीहरू आफ्नो मागका लागि लडिरहेका छन् । हिन्दुस्तानमा आज कुनै कुनो यस्तो छैन जहाँ एक न एक गोर्खा भाइबहिनी काम गरिरहेका नहुन् ।’

हिन्दुस्तानका हरेक राज्यका हरेक स्थानमा सुरक्षाका लागि हाम्रा प्रहरी मौजुद रहेका होउन् वा नहोउन्, तर प्राइभेट सेक्युरिटिजका गोर्खा त्यहाँ उपस्थित रहेकै हुन्छन् । जनतालाई पुलिसप्रति बरु भरोसा नहोला, तर गोर्खाप्रति सबै भरोसा गर्दछन् भन्दै मोदीले थपे, ‘करोडको सम्पत्ति राखेको स्थानमा पचास रुपैयाँको ताल्चा झुन्ड्याएर जान्छन् व्यवसायीहरू, र राति ढुक्कले सुत्छन् । किनकि, तिनका सम्पत्तिको रक्षामा गोर्खा खटिएका हुन्छन् । यो गोर्खा दाजुभाइ–दिदीबहिनीका लागि मात्र नभई हाम्रा लागि पनि गर्वको कुरा हो । गोर्खा भाइबहिनीले यो पुँजी आफ्नो इमानदारी, मिहिनेत र शक्तिबाट कमाएका हुन् ।’

भारतीय सेनाको गौरव बढाउनमा गोर्खाहरूको ठूलो योगदान रहेको स्पष्ट पार्दै उनले ‘म हाम्रा गोर्खा भाइबहिनीहरूसँग वाचा गर्न चाहन्छु कि तपाईंहरूको सपना नै मेरो सपना हो’ भनेका छन् । ‘सबका साथ सबका विकास’ आफ्नो मूल मन्त्र रहेको र यो मन्त्रको लाभ कुनै पनि आदिवासी, दलित, शोषितपीडित र आ–आफ्नो भाषाभाषीका लागि पनि हो भन्दै मोदीले चाहे ऊ गोर्खा होस् चाहे नहोस्, यी सबैका भलाइको मन्त्र लिएर भारतीय जनता पार्टी तपाईंहरूको सेवामा आएको छ, तपाईंहरूको प्रदेशको विकास गर्ने अधिकार तपाईंहरूलाई नै हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरे ।

गोर्खाको पक्षमा खुलेर अभिव्यक्ति दिएका मोदीले उक्त सम्बोधनमार्फत प्रश्न गर्दै भनेका छन्, ‘गोर्खा भाइबहिनीहरू, बङ्गलादेशी घुसपैठियाहरूले तपाईंहरूको जीवन बर्बाद गरेको छ कि छैन ? तपाईंहरूको रोजीरोटी हरण गरेको छ कि छैन ? तपाईंहरूलाई बेघर बनाएको छ कि छैन ? यो कुरा तपार्इंहरूलाई थाहा होला । तर, घुसपैठियाहरूलाई तह लगाउने बेला आएको छ ।’ – घटना र विचार साप्ताहिकमा खबर छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।