प्रधानमन्त्री देउवा र प्रचण्डको निश्कर्ष : ओलीलाई ज्ञानेन्द्रको सर्मथन

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक करिब–करिब सम्पन्न भैसकेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि पहिलो भएको एमाले दोस्रो चरणको निर्वाचनमा पनि पहिलो नै हुने भएको छ ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज समिक्षा भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बन्नुको प्रमुख कारण नै एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन हुनु रहेको देउवा र प्रचण्डको निश्कर्ष रहेको छ ।

पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापाप्रति पूर्वराजा ज्ञानेन्द्रको कुनैपनि किसिमको विश्वास तथा भरोसा नरहेको उच्च स्रोतको दाबी छ । शाहले एमालेलाई नै समर्थन गर्न आफ्नो तर्फबाट हरप्रयास गरेको सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रको ठम्याई र आरोप छ ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आम जनताहरुले उत्साहजनकपूर्वक रुपमा मतदानमा भाग लिएका थिए । पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणमा पनि ७४ प्रतिशतकै हाराहारीमा मत खसेको थियो । सहदेखि गाउँसम्म पनि निर्वाचनको उल्लासमय वातावरण बनेको थियो ।
देउवा र प्रचण्डको अहिलेको निश्कर्ष भनेको सहरदेखि गाउँसम्मको दरबारीया भोट एमालेलाई गएको भन्ने छ । – रिपोर्टस्नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।