साझा सवालको ट्रोल, खोल्यो देउवाको यस्तो पोल, पढाई कति ?

गत आइतबार राति प्रसारण भएको ‘साझा सवाल’ कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवाको चर्चा अहिले चुलीमा छ । उक्त बहस कार्यक्रममा सहभागीहरुका प्रश्नप्रति जिम्मेवार नभएको भन्दे उनको आलोचनासँगै नकारात्मक टिप्पणी बढी भएका छन् ।

प्रधानमन्त्रीका रुपमा कार्यक्रममा जनताका सवाल जवाफ दिन प्रस्तुत भएका उनी जिम्मेवार नदेखिएको धेरैले आरोप लगाएका छन् । उनी प्रश्नकर्तासँग झर्किएको, उत्तरदायी नभएकालगायतका विभिन्न कारणले उनी अहिले धेरैको दृष्टिको खराब चरित्र निर्माण गरेका छन् ।

कार्यक्रमपछि मुलुकको प्रधानमन्त्रीको शैक्षिक योग्यता पनि चर्चामा छ । हाम्रो संविधानले मुलुकको प्रधानमन्त्री हुनका लागि शैक्षिक मापदण्ड तोकेको छैन् । तर पनि अहिले प्रधानमन्त्रीको शैक्षिक योग्यता कति हुनुपर्ने भन्ने विषयमा सामाजिक सञ्जालमा थुप्रै ‘ट्रोल’ भइरहेका छन् । जसमा बेलायतस्थित प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयको नाम चर्चामा छ ।

प्रश्नकर्ताको आशय थियो, विश्वका विकसित मुलुकहरु सिंगापुर, अमेरिका, चाइना र बेलायतका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिहरु प्रधानमन्त्री भएका छन् । बेलायतकै कुरा गर्दा विगत ७० वर्षयता सबै प्रधानमन्त्रीहरु अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् ।

तर बेलायतको ७० वर्षयताको इतिहास केलाउने हो भने सबै प्रधानमन्त्री अक्सफोर्डमा भने पढेका होइनन । सन् २००७ देखि २०१० सम्म प्रधानमन्त्री भएका गोर्डेन ब्राउन न त अक्सफोर्ड गए न त क्याम्ब्रिज विश्वविद्यालय नै पुगे । त्यस्तै, सन्. १९९० देखि १९९७ सम्म प्रधानमन्त्रीको पद सम्हालेका जोन मेजर पनि अक्सफोड, क्याम्ब्रिज जस्ता राम्रा विश्वविद्यालयमा पढेका थिएनन ।

कति छ त प्रधानमन्त्री शेरबहादुर देउवाको शैक्षिक योग्यता ?
देउवाले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै, कानुनमा स्नातक तह गरेका छन् । त्यस्तै उनी बेलायतको प्रतिष्ठित मानिएको विश्वविद्यालय ‘लन्डन स्कुल अफ इकोनोमिक्स’मा राजनीतिक शास्त्र अनुसन्धानका विद्यार्थी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।