निर्मल निवासमा असार २३ को लागि पूर्वराजा ज्ञानेन्द्रको यस्तो तयारी
काठमाडौं । पूर्व ज्ञानेन्द्र राजा शाहले आफ्नो जन्मदिनलाई बिषेस बनाउनको लागि यहि असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् । शाहको ७१औँ जन्मदिवसका अवसरमा निर्मल निवासमा कार्यक्रमको धमाधम तयारी सुरु भएको छ ।

हरेक जसो जन्मदिनलाई बिशेष रुपमा मनाउने पूर्व राजा शाहले यसपाली पनि उहि कुरालाई दोहोराएका छन् । राजपरिवार निकट उच्च स्रोतले सुचनाकेन्द्रलाई दिएको जानकारी अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ ।
बिषेस कार्यक्रम गरि मनाउन लागिएको जन्मउत्सवलाई भब्य तथा सभ्य रुपमा मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति समेत गठन भएको बताइएको छ ।


