कम उमेर र तार्किक भाषणले चर्चित बनेकी उपमेयर शिवकुमारीले जितेको भोलिपल्टै गरीन यस्तो काम !
दाङ, असार २२ । उम्मेदवारी दर्तादेखि उनी चर्चामा थिइन् । कम उमेर र तार्किक भाषणले उनलाई जिल्लाभर चिनाएको थियो । मंगलबार २४ वर्षीया शिवकुमारी चौधरी थारू शिवराज नगरपालिकाको उपमेयर चुनिएपछि चर्चा चुलिएको छ ।उनले जिल्लाको दोस्रो व्यापारिक केन्द्रमा २ हजार ९ सय ३३ मतान्तरले चुनाव जितिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार ९ सय ६२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गरेकी थिइन् ।
परिस्थिति आकलन गरेर आफ्ना कुरा राख्ने शिवराज–१ शिवपुरकी उनलाई युवा, प्रौढ र वृद्धले रुचाएका छन् । ‘यहाँ समाज र स्थानीयका मान्यता विभिन्न कारणले विभाजित छन्,’ मंगलबार उनले भनिन्, ‘त्यसलाई जोड्न मैले उम्मेदवारी दिएकी थिएँ ।’सद्भाव कसिलो बनाउँदै सामाजिक न्याय, रोजगारी र ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन् । ‘कति गर्न सक्छु त्यो भविष्यले बताउँछ,’ उनले भनिन्, ‘काम गर्ने वातावरण बनाउन सबैसित आग्रह गर्छु ।’ उम्मेदवार बन्नुअघि उनी शिक्षिका र सामान्य कार्यकर्ता थिइन् ।
नगरको जातीय सन्तुलन र युवालाई आकर्षित गर्न एमालेले उनलाई उम्मेदवार बनाएको थियो । ‘पार्टीले टिकट दियो, स्विकारेर अघि बढें,’ उनले भनिन्, ‘अब जिम्मेवारी निभाउँछु ।’
सुरुआतमा नयाँ क्षेत्रमा कदम चाल्दा डर लागेको उनले बताइन् । पारिवारिक जिम्मेवारीबाट अब नगरपालिकाको जिम्मेवारी थपियो । उनले ६ वर्ष रेडियो समानतामा थारू भाषाको कार्यक्रम चलाइन् ।रेडियोकर्मीका रूपमा उनको प्रस्तुति र आवाजले सबैलाई मोहित बनाएको थियो । त्यसको फाइदा उनलाई चुनावमा भयो । ‘आफूलाई चिनाएर भोट माग्न गाह्रो भएन,’ उनले भनिन् ।
उनले नगरभित्र रहेको सामाजिक विभेद, लैंगिक हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।‘धेरै जिम्मेवारी थपियो,’ उनले भनिन्, ‘मलाई पढाइ छुट्छ कि भन्ने चिन्ता छ ।’ नेपाल आदर्श उमाविमा नेपाली विषयमा बीएड तेस्रो वर्ष अध्ययन गरिरहेकी उनको एमएडसम्म पढ्ने चाहना छ ।
यो पनि पढ्नुहोस: उपमेयर भएकी छु, समाजका सबैलाई न्याय दिलाउनेछु : शिवकुमारी चौधरीशिवकुमारी थारूकी आमा गाउँका अरु महिला जस्तै गृहिणी थिइन्। खेतबारी धेरै थिएन, बुवा किराना पसल चलाउँथे। थारू गाउँमा धेरै छोरी घरधन्दा र चुलोचौकामा काममै लाग्थे।
शिवकुमारीका बुवाले भने छोरीलाई स्कुल पठाए। त्यही भएर मधेशका धेरै छोरीझैँ उनी घरभित्र खुम्चिन परेन। बरु समयसँगै उनको कर्मले पखेटा हाल्यो, सपनाले बाटो देखायो र अहिले उनी आफ्नो नगरको उपमेयर भएकी छन्।
मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर निर्वाचित शिवकुमारी उमेरले २३ वर्ष लागिन् तर उनले यसअघि धेरै पारिवारिक जिम्मेवारी सम्हालिसकेकी छन्। अब त उनको जिम्मेवारी नगरपालिकामा पुगिसक्यो।
२०५१ सालमा शिवराजको चैनपुरमा जन्मिएकी शिवकुमारीको १७ वर्ष नपुग्दै शिवपुरकै राजेन्द्र चौधरीसँग विवाह भयो। त्यतिबेला उनले भर्खर एसएलसी सकेकी थिइन्।कम उमेरमै विवाह भए पनि उनलाई उति साह्रो बुहार्तन गर्नुपरेन रे। क्याम्पस पढ्न घरले छेकेन। बरु यही घरको वातावरणले उनलाई राजनीति भनेको के हो बुझायो।
घरमा सासुससुरा र श्रीमान एमाले समर्थक थिए। राजनीतिका कुरा भइरहन्थे। कलेजमा साथीहरु राजनीतिकै कुरा गर्थे। उनले अलिअलि बुझ्थिन् तर वास्ता गर्थिनन्।कलेज पढ्दा पढ्दै उनले एउटा गैरसरकारी संस्थामार्फत् सामाजिक परिचालिकाको काम पाइन्। त्यहाँ १ वर्ष काम गरिन्।
त्यही बेला उनले अझै नजिकबाट देख्न पाइन्- गाउँलेका समस्या, घरघरका पीर र समाजका दुःख। आफ्नाबारे बोल्न समेत नसक्नेहरुलाई उनले बोल्न सिकाइन्। अन्याय विरुद्ध लड्न भनिन्। विपन्न र गरिबहरुलाई सचेत र सशक्तिकरण गर्ने उनको काम थियो। जनताका सुखदुःखसँग राजनीति जोडिएको हुँदो रैछ भन्ने थाहा पाएको पनि उनले त्यही बेला हो।
‘त्यसपछि मैले राजनीतिबारे केही बुझेँ,’ उनले भनिन्, ‘राजनीति गरिहाल्न पारिवारिक जिम्मेवारी र पढाइका कारण अल्लि गाह्रो हुन्छ कि सोच्थें पहिले। अहिले भने जागिरै छोडेर आएँ।’सानैदेखि उनलाई आमाले भन्थिन्- पढेलेखेर अरुलाई सहयोग गर्नुपर्छ। उनको मनमा अामाको त्यो कुरा गढेको थियो। राजनीतिले समाजका हरेक क्षेत्रलाई प्रभावित पार्छ र यसैबाट धेरैलाई सहयोग गर्न सकिन्छ भन्ने बुझेपछि राजनीतिप्रति धेरै अाकर्षित भएको उनले बताइन्।
त्यही अाकर्षणले स्थानीय सरस्वती निमाविमा पढाउने काम छोडेर उनी चुनावमा हाेमिइन्। पढाउने काम थाल्नुअघि उनले अरु धेरै काम गरिसकेकी थिइन्। जसले उनलाई शिवराजमा परिचित बनाइसकेको थियो।स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत उनले स्थानीय समुदायको जिविकोपार्जन सुधार, पछाडि पारिएका सीमान्तकृत समुदायको क्षमता विकासको जिम्मेवारी लिएर गाउँ गाउँ र टोलटोलमा पुगेकी थिइन्।
‘यस्तो बेला मैले महिलाहरूले पाएका दुःख,उनीहरूमाथि हुने हिंसा बालविवाहजस्ता समस्या कति धेरै रहेछन् भन्ने बुझेँ। किन हुन्छन् भनेर आफैंले पनि थाहा पाएँ अरुलाई सम्झाएँ,’ शिवकुमारीले भनिन्।समाजिक काम गर्दा उनले थाहा पाएको महिलाहरूको एउटा अर्को समस्याले भने उनको मन अहिलेसम्म बिथोलिन्छ।तराईका कति विवाहित महिलाहरूले नागरिकता नै पाएका छैनन्। महिलालाई नागरिकता दिए उनीहरु धेरै जान्ने हुन्छन् र आफ्नाविरुद्ध लाग्छन् भन्ने डर धेरै पुरुषमा उनले देखिन्।
‘पतिले नागरिकताका लागि सिफारिस नबनाइदिने उनीहरुले आफ्नो हक खोस्न आउँछन् सम्पत्तिमाथि दाबी गर्छन् भन्ने डर मान्नेहरु देखेर म छक्क परेकी थिएँ,’ उनले भनिन्, ‘नागरिकता नपाएर आफ्ना हकबाट बञ्चित महिलाहरू देखेर मलाई नमज्जा लाग्यो। कतिलाई त हामीले सम्झायौँ।’
सामाजिक परिचालकको रूपमा रहँदा उनलाई समाजले चिन्यो, उनले समाजको अवस्था चिन्ने मौका पाइन्। त्यसमाथि शिवकुमारीले ६ वर्ष कपिलवस्तुकै रेडियो समानतामा थारु भाषाको कार्यक्रम समेत चलाइन्। रेडियोकर्मीको रूपमा शिवकुमारीको प्रस्तुति र आवाजले सबैलाई मोहित बनायो। त्यसको फाइदा उनलाई चुनावमा भयो।आफूलाई चिनाएर भोट माग्न त्यति गाह्रो परेन।
शिवराज नेकपा एमालेको बलियो जनाधार र संगठन भएको नगरपालिका हो। निर्वाचन हुने निश्चित भएपछि एमालेले उनलाई उपमेयरमा उठाउने निर्णय गर्यो।पछिल्लो समय आफूमाथि लाग्दै आएको मधेश विरोधीको आरोपबाट एमाले मुक्त हुन चाहन्थ्यो त्यसैले शिवराजमा एमालेका लागि शिवकुमारी निर्विकल्प बनिन् ।आफूलाई उम्मेदवार बनाउन लागेको खबर सबभन्दा पहिले उनले श्रीमानलाई सुनाइन्। शिवकुमारीका श्रीमान राजेन्द्र अहिले कामको शिलशिलामा कतारमा छन्। शिवकुमारीलाई क्याम्पस पढाउन उनी कमाउन कतार उडेका थिए।
राजेन्द्रले उनलाई फोनबाटै बधाई दिए। नआत्तिन पनि भने।‘अब उठिसकेपछि हारे पनि जिते पनि आत्तिनु हुन्न भनेर सम्झाउनु भयो। त्यसैले त म यसरी लड्न सक्या छु नि,’ उनले भनिन्।आफूलाई माया गर्ने र आफ्ना हरेक इच्छाको सपनाको सम्मान गर्ने श्रीमानलाई विदेश पठाउन उनलाई मनै रहेनछ। श्रीमानले यहीँ बसेर काम गर्ने वातावरण बन्ने भए हुन्थ्यो भन्ने उनलाई लागेको छ।त्यसबाहेक उनको अर्को चाहना पनि रहेछ एमएडसम्म पढ्ने। उपमेयर भैसकेपछि पढाइ छुट्छ कि भन्ने उनलाई चिन्ता छ। समाज पछि परेकै अशिक्षाले हो भन्ने धारणा छ, उनको।‘समाजमा अरुलाई पढ्न प्रेरणा दिन पनि त आफुले पढेको हुनुपर्यो,’ उनले भनिन्।
शिवकुमारीलाई लाग्छ, श्रीमानले र सासूससुराले साथ नदिएको भए उनी अहिलेको अवस्थामा पुग्ने थिइनन्। यो सफलताको श्रेय उनले आफ्नै समाजका मानिसहरुलाई दिन्छिन्। परिवारलाई दिन्छिन्। उनकी सानी काखे छोरी छन्। छोरी सम्हालिदिएर राजनीति गर्न पठाउने सासु ससुरालाई दिन्छिन्। त्योभन्दा ठूलो श्रेयले ती मतदाता जसले उनलाई उपमेयर बन्न विश्वास गरे उनीहरुलाई जाने उनले बताइन्।‘अब म उपमेयर भएकी छु। उपमेयरको काम भनेको न्याय दिने काम हो। मैले महिला मात्र हैन समाजमा अन्याय परेका सबैलाईलाई न्याय दिलाउने छु,’ शिवकुमारीले भनिन्। – सेतोपाटीबाट


