नायिका निशा अधिकारीले अर्कैसँग बिहे गरेपछि पूर्वप्रेमीले भने,- ‘अब मेरो गाडी फिर्ता देऊ’

काठमाडौँ । खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् ।

मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर, निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिइन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्रचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुशार, अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको । जनआस्था साप्ताहिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।