कमाउन मलेसिया गएका श्रीमान् सम्पर्कमा नआएपछि श्रीमतीको बिचल्ली

बैतडी, २३ असार । कमाउन गएका श्रीमान्ले फोन सम्पर्कसमेत गर्न छाडेपछि दोगाडाकेदार ६ सित्तडकी मानमती भण्डारी मामा घरको सहारा लिन बाध्य भएकी छन् । मलेसिया गएका श्रीमान्ले सम्पर्क गर्न छाडा उनी ३ वर्षयता मामा घरमै बस्न थालेकी हुन् ।

२८ वर्षीया मानमतीका श्रीमान् केशव भण्डारी मलेसिया गएको ६ वर्ष भयो । कान्तिपुर दैनिकमा खबर छ- सुरुका ३ वर्ष नियमित टेलिफोन सम्पर्कमा रहे पनि २ वर्षयता श्रीमानसत उनी सम्पर्कविहीन हुन पुगेकी हुन् । परिवारले मानसिक दबाब र गाली दिँदै आएकाले मामा घर जानुपरेको उनले बताइन् । माइतीमा वृद्ध आमाबाहेक कोही छैन । आमा पनि माइतीमै बस्दै आएकी छन् ।

१६ वर्षको उमेरमा मानमती र दोगाडाकेदार ६ का केशवको बिहे भएको थियो । लगत्तै १ छोरा जन्मे पनि ३ वर्ष नपुग्दै उनको मृत्यु भयो । बिदेसिएका श्रीमान्ले सम्पर्क गर्न छाडेपछि उनी बेसहारा बनेकी हुन् । ‘घरमा बस्न सक्ने अवस्था छैन, पतिले खबर गर्नै छाडे,’ उनले भनिन्, ‘४ वर्ष अघिसम्म घर आउँछु भन्थे, अहिले फोन पनि गर्दैनन् ।’

सुरुको वर्ष ५० हजार घर खर्च पठाए पनि त्यसयता परिवारले आफूलाई जानकारी नदिने गरेको उनले बताइन् । केशवका भाइ गणेश पनि मलेसियामा छन् । अघिल्लो महिना घर आउँदा गणेशले दाजु घर आउँछु भन्ने खबर आए पनि आफ्नोबारे केही चासो नदेखाएको मानमतीले बताइन् । परिवारले घरमा आउन नदिने र माइतीमा समेत कोही नहुँदा बेसहारा बनेको मानमतीकी माइजू हीरा कार्कीले बताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।