यी तीन नेपाली युवाहरु जसले बनाए ५ वर्षमा विश्वका १०० देशहरुमा साइकल यात्रा गर्ने योजना

काठमाडौं । वातावरणीय सचेतना र विश्व शान्तिका लागि भन्दै तीन नेपाली युवाहरु साइकल चढेर कोरिया पुगेका छन् ।

५ वर्षमा विश्वका १०० देशहरुमा साइकल यात्रा गर्ने योजना बनाएका उनीहरुको कोरिया १४ औं राष्ट्र हो ।

१५ पुस, २०७३ मा उनीहरुले आफ्नो यात्रा आरम्भ गरेका थिए । ४ असारमा उनीहरु कोरिया पुगेका हुन् । उनीहरुले एक-एक वटा ब्याग काँधमा भिरेका छन् ।

२०७१, वैशाख ११ गते नेपालमा आएको भुकम्पले उनीहरुलाई साइकलमा विश्वयात्रा गर्न प्रृेरित गरेको हो ।

‘त्यो अत्यन्त भयावह अनुभव थियो । हामीले सबैतिर मानिसहरुको चिच्याहट र कोलाहल देख्यौं,’ साइकल यात्राको अगुवाई गरेका २२ वर्षीय अनिश ढकालले भने ।

उनलाई साथ दिने ३९ वर्षीय निर्मल बराल एक सामाजिक कार्यकर्ता हुन् । ३ जनामध्ये उनी मात्र विवाहित हुन् जसका २ सन्तानसमेत छन् ।

परिवार र जागिर छोडेर पाँच वर्ष साइकल यात्रामा निस्कने कुरा गर्दा सुरुमा उनकी पत्नी र दुई बच्चाहरुले बिरोध गरेका थिए । तर, उनले भने, ‘म आफ्नो देशका लागि केही गर्न चाहन्छु ।’

अर्का हुन् दिलिप क्षेत्री, जो अनिशकै स्कुलका सहपाठी र एक सामाजिक कार्यकर्ता हुन् । उनको घर सिन्धुपाल्चोक हो, जुन भूकम्पबाट अत्यधिक प्रभावित भएको थियो । भूकम्पले उनको घर पनि भत्कायो भने उनको गाउँमा ९ जनाको मृत्यू भयो ।

ढाकाल भन्छन्, ‘यदि हामी साइकल चढेर एक देशबाट अर्को देशमा पुग्न सक्छौं भने मानिसहरु हप्तामा एक पटक साइकल प्रयोग गर्न किन सक्दैनन् ?’

साइकल यात्राका क्रममा उनीहरुले भोक, पिठ्यू दुखाई र खुट्टाको मर्कने जस्ता अनेक समस्या भोगेका छन् । तर, अन्तरवार्ताका क्रममा उनीहरुको ओठबाट मुस्कान कहिल्यै हटेन । यात्राका क्रममा उनीहरुको सबैभन्दा स्मरणीय क्षण रहेछ म्यानमारको बोर्डरबाट थाइल्याण्ड छिर्दाखेरीको ।

‘यो उकालो बाटो थियो, वरिपरी घरहरु थिएनन् । खाने कुरा र पानी पनि थिएन,’ ढकालले भने, ‘अहिले मेरो सबैभन्दा पि्रय खाना नै पानी भएको छ । मैले पानीको वास्तविक स्वाद बल्ल थाहा पाएको छु ।’

पछिल्लो ६ महिनामा उनीहरुले नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाइ, सिंगापुर, मलेसीया र ताइवानको भ्रमण गरिसकेका छन् । अझै उनीहरुले धेरै गर्न बाँकी छ । तर, उनीहरु आफ्नो लक्ष्यमा अडिक छन् । – अनलाइनखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।